देवी जिसी/म्याग्दी, माघ -१९, सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा म्याग्दीको बेनीमा अन्तरक्रिया तथा क्षमता विकास कार्यक्रम शुरु भएको छ । स्थानीय तहमा कार्यरत महिला तथा बालबालिका शाखा प्रमुख तथा सरोकारवाला निकायहरु बिच अन्तरक्रिया र क्षमता बिकास कार्यक्रम आज (बुधबार) सुरु भएको हो ।
कार्यक्रमको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी तुल्सिराम पौडेलले महिला तथा बालबालिकाको क्षेत्रमा कम बजेट बिनियोजन हुने र खासै चासोको विषयका रुपमा नलिएको बताउनु भयो । उहाँले यो कार्यक्रम पश्चात कुन पालिकाले कुन विषयमा कति बजेट बिनियोजन गरेको छ भन्ने बिषयमा चासो देखाउन आग्रह समेत गर्नु भएको छ । साथै उहाँले बालमैत्री पालिका घोषणा गर्न अन्य सुचक पूरा भएका कारण प्रयाप्त बजेट बिनियोजन गर्न र बालमैत्री स्थानिय शासन लागू गर्न जोड दिनुपर्ने बताउनु भएको छ।
कार्यक्रममा ६ वटै स्थानीय तहका महिला, बालवालिका शाखामा कार्यरत कर्मचारी ,विभिन्न सघ सस्थाका प्रतिनिधि, लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रममा बालबालिका जेष्ठनागरिकका हक अधिकार, प्रस्तावना र प्रतिवेदन लेखन, स्थानीय सरकारको वितेको ५ वर्षको अनुभव र मुल्यांकन, कार्य योजना निर्माण लगायतका विभिन्न विषयमा संबंधित निकायका सरोकारवाला सङ्ग अन्तरक्रिया भएको थियो ।
सामाजिक बिकास कार्यक्लायाका प्रमुख रमेश थापाले यो कार्यक्रमलाई प्रयोगात्मक विधिबाट सन्चालन गर्ने बताउनु भयो । बालबालिका महिला जेष्ठ नागरिक अधिकार प्रचलनमा न्यायिक समितिको क्षेत्राधिकार र भुमिकाको विषयमा जिल्ला न्याधिवक्ता जिल्ला सरकारी वकिल धर्मराज पौडेल, पत्र तथा टिप्पणी लेखन सम्बन्धि व्यवहारिक अभ्यासको विषयमा जिल्ला हुलाक कार्यालयका शाखा अधिकृत अमृत सुवेदीले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम २ दिनसम्म संचालन हुनेछ ।
आजको कार्यक्रम सामाजिक विकास कार्यालय म्याग्दीका कार्यालय प्रमुख रमेश थापाको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी तुल्सिराम पौडेलको प्रमुख आथित्यता,सामाजिक विकास कार्यालयका योजना अधिकृत बाबुराम आचार्यको संचालनमा सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )