म्याग्दी, माघ-१७, म्याग्दी जेसीजले बरंजाका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । म्याग्दी जेसीजको न्यानो माया कार्यक्रम अन्तर्गत सोमवार मंगला गाउँपालिका ३ बरंजाको जनपृय आधारभुत विधालयका ३१ जना विद्यार्थीहरुलाई न्यानो कपडा (सुईटर) वितरण गरेको हो ।
सोमबार विधालयको ३५ औं वार्षिकोत्सब तथा अभिभावक भेलाको अवसरमा विधालयका आर्थिक अवस्था कम्जोर रहेका परिवारका ३१ जना वालवालिकालाइ न्यानो सुइटर वितरण गरिएको हो । रेडक्रस भवनमा रहेको आचार्य वस्त्रालयका प्रोपैतर माधव आचार्यले २० थान सुईटर सहयोग गर्नु भएको हो । कार्यक्रम मिलन रोकाको अध्यक्षता, वर्डा अध्यक्ष याम बहादुर रोकाको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमका अवसरमा बोल्दै म्याग्दी जेसिजको २०२३ का अध्यक्ष सुमन बानियाले गाउँ केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिने बताउनु भएको छ । २०२३ को पदस्थापना पछि यो पहिलो कार्यक्रम हो । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशिल म्याग्दी जेसीजले विद्यार्थीहरुको खेल तथा कला र संस्कृति लगायतका लुकेका प्रतिभा उजागरमा विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )