पर्वत, माघ-२, पोखरामा भएको जहाज दुर्घटनामा पर्बत जिल्लाका ५ जनाले ज्यान गुमाएका छन् । जहाजमा ४ चालक दलका सदस्य र ६८ जना यात्रु सवार थिए । जहाजमा रहेका ५३ जना नेपालीमध्ये ३७ जना पुरुष र २५ जना महिला हुन् । १५ जना विदेशी यात्रु सवार थिए । यती एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरूको शव गण्डकी अस्पतालमा सनाखत गर्न थालिएको छ । मृतकहरु मध्य पर्वतको आर्थर घर भएका पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, कुश्मा नगरपालिका वडा नं ९ का अरुण पौडेल, प्रसिद्धि पौडेल, कुश्मा नगरपालिका वडा न १ का रचना काफ्ले, रिहान पौडेलको सनाखत भएको अस्पतालले जनाएको छ ।
बिहान ११ बज्नै लाग्दा पोखरा-७ घारीपाटनमा जहाज खसेको थियो । कोल्टिएर आएको जहाजको एउटा पखेटा स्थानीय गीता सुनारको घरभन्दा झन्डै १०/१२ मिटर नजिकै जमिनमा घिसारिएको थियो । त्यहाँबाट हुत्तिएको जहाजको अघिल्लो भाग सेतीखोंच पार गरेर पोखरा-१५ नयाँ गाउँतर्फ पुगेको थियो भने पछाडिको भाग सेती खोंचमा खसेको थियो ।
श्रोत: पर्वतन्युज
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )