म्याग्दी, पुष-२७, म्याग्दीको बेनीमा पुस २८ गतेदेखि सुरुहुने सातौं म्याग्दी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा माघ ७ गते सम्म सञ्चालन हुने महोत्सवमा संघले प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७९ सञ्चालन गर्न लागेको हो ।
परम्परादेखि बेनीमा माघे संक्रान्तिको अवसरमा लाग्दै आएको मेलालाई निरन्तरता दिँदै कला संस्कृतिको संरक्षण, व्यापार व्यवसाय र पर्यटन प्रवर्धनका लागी महोत्सवको आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । महोत्सव एवं मेलामा स्वदेशी तथा विदेशी औधोगिक उत्पादन, कृषी र पर्यटनका २५८ स्टल रहने रहने संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।
महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अहिले बेनिबजारको गल्ली गल्ली, चोक र बजारलाई स्दुथानीयहरू र टोलबासीले दुलही झैं सिंगारेका छन् । तुल,व्यानर,स्वागत द्धारले बजारलाई झकीझकाउ पार्दै बजार सरसफाई गरिएको छ । महोत्सवको उद्घाटन कार्यक्रममा विभिन्न जातजातिको झाँकी,भुषभूषा सहितको र्यालीले बजार परिक्रमा गर्ने आयोजकले जनाएका छन् ।
महोत्सवले जिल्लामा रहेको सम्भावनाहरुको उजागर गर्ने र यहाँका उत्पादनहरुको बजारीकरण र प्रचार प्रसारमा समेत सघाउ पुग्ने संघका प्रथम उपाध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । महोत्सवको अवसरमा म्याग्दीका पर्यटकीय स्थलहरुको हेलिकप्टर मार्फत दृष्य अवलोकनका लागि हेली सयर र कालीगण्डकी नदीमा र्याफ्टिंग समेत सञ्चालन गरिने भएको शाक्यले बताउनुभयो ।
महोत्सवमा खुला लोक दोहोरी गीत प्रतियोगिता, गण्डकी आइडलको रुपमा लोकनृत्य प्रतियोगिता, जिल्ला स्तरीय अन्तरपालिका महिला र पुरुष भलिबल, बास्केटबल, ब्याडमिन्टन लगायतका प्रतियोगिताहरु समेत सञ्चालन हुने भएका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )