म्याग्दी, पुष-२०, म्याग्दीको मेनिमा संचालित नगरपालिका स्तरीय अंतर मावी तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रकाश माविले जितेको छ । मंगलवार बेनीमा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, ५ रजत र ९ कास्य पदक सहित प्रकाश माविले उपाधि जितेको हो । विभिन्न २५ विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा छात्र र छात्रा भलिबल, कवड्डी, एथलेटिक्स र मार्सल आट्स बिधाका ४८ वटा पदकमा विद्यार्थी खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा १० स्वर्ण, १० रजत र ९ कास्य पदक हात पार्दै माउण्ट एभरेष्ट आवासिय मावि द्धितिय र ८ स्वर्ण, १४ रजत र ८ कास्य पदक प्राप्त गर्दै न्यू वेष्ट प्वाइन्ट आवासिय मावि तृतिय हुन सफल भएका छन् । प्रतियोगितामा बिजेता, उपबिजेता र तृतिय हुने विद्यालयलाई क्रमश रु. ५१ हजार, ४० हजार र ३० हजार पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । त्यसैगरी कार्यक्रममा खेलकुद संचालन तर्फा अफिसियालाहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।
प्रतियोगितामा विद्यागत प्रथम र द्धितिय तथा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा (खमवीर), बेनी नगरपालिकाका मेयर सुरत केसी, उपमेयर ज्योति लामिछाने लगायतले बिजेता विद्यालय र पदक बिजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिता पुष १७ गते देखि १९ गते सम्म संचालन भएको थियो जस अन्तर्गत छात्र छात्रा तर्फका भलिबल वेष्ट पोइन्ट कम्प्लेक्समा, कबड्डी छात्रछात्रा बेनीको कालिपुल स्थित बास्केटबल ग्राउण्ड, मार्सल आर्ट्स तर्फका खेलहरु कबर्ड हलमा र एथलेटिक्स तर्फका खेलहरु खुल्ला मन्चमा संचालन भएका थिए । कबड्डी र भलिबल फाइनल भने खुल्ला मंचमै संचालन भएका थिए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )