म्याग्दी, पुष-१७, म्याग्दीको बेनीमा माध्यमिक तथा निम्न माध्यमिक तहमा सामाजिक अध्ययन विषय पढाउने शिक्षकका लागी तालिम सम्पन्न भएको छ । निजि तथा आवासीय विद्यालय अर्गानाइजेसन नेपाल (प्याब्सन) म्याग्दीको आयोजनामा शनिबार एक दिने शिक्षक तालिम तथा विद्यालय संचालकहरुको लागी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्याब्सन गण्डकीका अध्यक्ष दिनेश श्रेष्ठले निजी विद्यालयको वर्तमान अबस्था र भावी चुनौतीका बारेमा अभिमुखीकरण गर्नुभएको थियो । उहाँले निजि विद्यालयहरु विकल्पको रुपमा स्थापना भएको र देशको शैक्षिक उन्न्यनमा निजि क्षेत्रको योगदान महत्वपुर्ण रहेको बताउनुभयो । त्यसैगरी कार्यक्रममा बिशेष अतिथिको मन्तब्य ब्यक्त गर्दै गण्डकी बोर्डिंग स्कुल पोखराका प्रिन्सिपल बिरेन्द्र खड्काले अवको विद्यालय भनेको प्रगतिशील विद्यालय हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मुख्य प्रशिक्षक पाठ्यक्रम विकास केन्द्रका सामाजिक विषयका रोस्टर एबम गण्डकी बोर्डिंग स्कुलका सामाजिक विषयका शिक्षक सुर्य गुरुंगले सामाजिक विषयको महत्व, पढाउने तरिका लगायतका विषयमा सहभागी शिक्षकहरुलाई तालिम प्रदान गर्नु भएको थियो ।
कार्यक्रमा प्याब्सन म्याग्दीका सल्लाहकार हरिकृष्ण श्रेष्ठले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । तालिम समापन कार्यक्रममा प्रमुख प्रशिक्षक सुर्य गुरुङ र गण्डकी बोर्डिंगका प्रिन्सिपल बिरेन्द्र खड्का र प्याब्सन म्याग्दीका अध्यक्ष हिरा पुनले सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
तालिममा म्याग्दी जिल्लामा संचालित निजि विद्यलायामा सामाजीक विषय अध्यापन गराउने २५ जना शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन प्याब्सन म्याग्दीका अध्यक्ष हिरा पुनको अध्यक्षता र सचिव दिपक सुबेदीको संचालनमा सम्पन्न भएको थियो । समापन कार्यक्रमको अबसरमा सहभागी शिक्षकहरुको तर्फबाट न्यु वेष्ट पोइन्ट विद्यालयका शिक्षक कृष्ण जिसीले तालिमको बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।
प्याब्सन म्याग्दीले गतवर्ष विद्यालय संचालक हरुका लागी र विद्यालय नेतृत्वका लागी एक दिवसीय तालिम सम्पन्न गरिसकेको र अब केहि महिना भित्रमा गणित र बिज्ञान शिक्षकहरुका लागी तालिम संचालन गर्ने योजना रहेको प्याब्सन म्याग्दीका अध्यक्ष हिरा पुनले बताउनुभयो।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )