देवी जिसी /म्याग्दी, पुष-१७, म्याग्दीको रघुगंगा गाउँपालिकामा पालिका स्तरीय महिला उद्दंशील संघ नेपाल कार्यसमिति गठन गरिएको छ । आज (आइतबार) गाउँपालिकाको केन्द्र मौवाफाटमा रघुगङ्गा गाउँपालिकाका महिला उद्दमिको संयुक्त भेलाले अमृता मल्ल शाही (रघुगंगा-३) को अध्यक्षतामा कार्यसमिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा नविना कार्की (रघुगंगा-३), सचिव अनु सुनार (रघुगंगा-३), सहसचिव दुर्गा गर्बुजा (रघुगंगा-४ ), रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा गीता फगामी (रघुगंगा-१), हरिकाला शर्मा (रघुगंगा-२) गङ्गा सुबेदी (रघुगंगा-३) जुना कार्की (रघुगंगा-३) फमायाँ गर्बुजा (रघुगंगा-) ५र मिना छन्त्याल (रघुगंगा-८ ) भएको छ भने बाँकि रहेका कोषाध्यक्ष र अन्य सदस्यहरु वडा मिलाएर पुरा गरिने गाउपालिकाका सुचानाधिकारी कृष्ण प्रसाद सुबेदीले बताउनुभयो ।
आजै रघुगंगा गाउपालिकाको आयोजनामा पालिका स्तरीय लघुउद्दमीहरुको सामुहिक अन्तरक्रिया पनि सम्पन्न भएको छ । अन्तरक्रियामा पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम भण्डारीले उद्दमिहरुलाई उद्दमी बन्न प्रेरित गर्दै गाउँपालिकाले उद्दमसिलता बिकास गर्दै उत्पादनमा जोडिन र आत्मनिर्भर बन्न उत्प्रेरित गर्नुभयो । उहाँले यस्ता कार्यकोलागी पालिकाले अनुदान प्राबिधिक सहयोग समेत उपलब्ध गराउदैआएको बताउनुभयो । साथै उहाँले आफ्ना ब्यबसाय दर्तागरी करको दायरामा आउन र राज्यले प्रदान गर्ने सेवासुविधा समेत लिन आग्रह गर्नु भयो । गाउँ पालिकाका शिक्षा अधिकारी कृष्ण प्रसाद सुबेदीले पालिकाले संचालन गरेका ब्यबसायिक कार्यक्रमहरु कृषि, पशुपालन, शिलाई बुनाइ लगायतका कार्यक्रमहरुको कार्यप्रगतिको बारेमा जानाकारी गराउनुभएको थियो ।
कर्यक्रममा महिला उद्दमिसंघ नेपाल जिल्ला कार्यसमिति म्याग्दीको अध्यक्ष अमृता देवी बानियाले पालिकामा भएका साना तथा मझौला उद्योग संचालनमा ल्याउनका लागी पालिकाले थप पहल गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । पालिकाले उद्दमशिलता बिकासका लागी परम्परागत ज्ञान सिप र पेशा ब्यबसयालाई संरक्षण गर्न पालिकाको पहल हुनुपर्ने र उद्दमीहरुले पालिकाबाट संचालन हुने यस्ता कार्यक्रमबाट लाभलिन सक्नु पर्नेमा उद्दमिहरुलाई उत्प्रेरित गर्नु भएको थियो ।
कार्यक्रम रघुगंगा गाउँपालिका वडा नं ४ का अध्यक्ष पबिन गर्बुजाको अध्यक्षतामा र संचालन शिक्षा अधिकृत कृष्ण प्रसाद सुबेदीले गर्नु भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )