सरकारले शिक्षा नियमावली संशोधन गरेको छ । विद्यालय तहको शैक्षिक सत्र व्यवस्थापन गर्न सरकारले नियमावली संसोधन गरेको हो । कोरोना भाइरसको महामारीका कारण नयाँ शैक्षिक सत्र वैशाखमा सञ्चालन गर्न सम्भव नभएपछि सरकारले नियमावली संशोधन गरेको हो ।
नियमावली संशोधन भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रको मिति तोक्ने अधिकार पाएको छ । ‘नियमावलीमा शैक्षिक सत्र वैशाखदेखि कायम गर्ने भन्ने थियो’, शिक्षा मन्त्रालयका सचिव गोपिनाथ मैनालीले भन्नु भयो , ‘विशेष परिस्थिति (कोभिड–१९) का कारण शैक्षिक सत्र परिवर्तन गर्ने प्रावधान सरकारले राखेको छ । अब शैक्षिक सत्रको नयाँ मिति तोकिन्छ ।’
शिक्षा मन्त्रालयका सचिव गोपिनाथ मैनालीका अनुसार यस वर्षा र अर्को वर्षको शैक्षिक सत्र असारदेखि सुरु गर्ने गृहकार्य थालेको छ । ‘यो वर्ष र आगामी वर्ष १ असारदेखि शैक्षिक सत्र कायम गर्ने गृहकार्य थालेको सचिव मैनालीले भन्नुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )