बेनी, बैशाख २९ – जलजला गाउँपालिकामा छातीरोग पहिचानका लागि आयोजित निःशुल्क एआई एक्सरे “खोजपड्ताल शिविर” उल्लेखनीय सहभागिताका साथ सम्पन्न भएको छ।
आज (शुक्रबार) जलजला गाउँपालिका वडा नं. ४ स्थित लुङ्दी आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित शिविरमा गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्य, स्वास्थ्य शाखा अधिकृत गणेश मल्ल, पालिकाभित्र रहेका सम्पूर्ण स्वास्थ्य चौकी एवं सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो ।
शिविरमा जलजला गाउँपालिकाका ४३१ जना बासिन्दाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन्। शिविरमा गरिएको एक्सरे परीक्षणमा ५ जना व्यक्तिमा शंकास्पद समस्या देखिएको छ भने २ जनालाई तत्कालै उपचार गर्नुपर्ने अवस्था रहेको छ।
गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले शिविरको सफलताको लागि स्वास्थ्यकर्मी, स्वयंसेवक र सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकता दिएको र आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्वास्थ्य शाखा अधिकृत गणेश मल्लले एआई एक्सरे प्रविधिले छातीरोगको पहिचानलाई थप सहज र छिटो बनाएको बताउनुभयो। उहाँले शंकास्पद देखिएका व्यक्तिहरूको थप परीक्षण र उपचारको व्यवस्था मिलाइने जानकारी दिनुभयो।
शिविरमा सहभागी स्थानीय बासिन्दाहरूले गाउँमै निःशुल्क रूपमा उच्च प्रविधिको स्वास्थ्य सेवा पाउँदा खुसी व्यक्त गरेका छन्। उनीहरूले गाउँपालिकाको यो पहलकदमीको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्न आग्रह गरेका छन्।
शिविरमा गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्य, स्वास्थ्य शाखा अधिकृत गणेश मल्ल, पालिकाभित्र रहेका सम्पूर्ण स्वास्थ्य चौकी एवं सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो ।
शिविर जलजला गाउँपालिकाले आफ्ना नागरिकहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सञ्चालन गरेको एक महत्वपूर्ण कार्यक्रम हो। शिविरको सफलताले दुर्गम क्षेत्रका बासिन्दाहरूलाई आधुनिक स्वास्थ्य सेवाको पहुँच पुर्याउन सहयोग पुग्ने विश्वास लिइएको छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )