जलजला, फागुन-२५, ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पर्वतको जलजला गाउँपालिकाले महिलाहरुको हाजिरी जवाफ र म्युजिकल चेयर प्रतियोगिता तथा महिला शसक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिवार जलजला गाउँपालिका– ४ स्थित लुङ्दी आधारभूत विद्यालयमा अयोजित कार्यक्रममा बक्ताहरुले नेपालको संविधानमा महिलाहरुका अधिकार लेखिएपनि व्यवहारिक रुपमा अझै कार्यान्वयन हुन नसकेको बताउनुभएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यले संवैधानिक रुपमा महिलाहरुको अधिकार स्थापित भएपनि व्यवहारिक रुपमा कार्यान्वन गर्न आबश्यक रहेको बताउनुभयो । उहाँले समाजमा रहेका सबैखाले विभेद र असमानताहरुको अन्त्य गर्न सकेमा मात्रै महिलाहरुले समेत समाजमा उचित अवसर पाउने अवस्था आउने बताउनुभयो ।
अघिल्लो पुस्ताको तुलनामा अहिले महिलाहरुले राजनीतिक, सामाजिक र अवसर पाउने कुरामा पहुँच बढ्दै गएको बताउँदै गाउँपालिकाले समेत महिलाहरुको आर्थिक, सामाजिक विकासको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले महिलाहरुलाई अवसरमा प्राथमिकता दिने कुराले पहुँच बढाउने बताउँदै आर्थिक रुपमा समेत सक्षम बनाउनुका साथै अधिकारको लागि शसक्तिकरण र आयआर्जनका लागि उद्यमशिलतामा जोड्ने काममा गाउँपालिकाले जोड दिएको बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य भिमसेन बराईलीले समाजमा रहेको विभेद, असमानताले महिलाहरु पनि आर्थिक सामाजिक रुपमा दमनमा पर्ने गरेको उल्लेख गर्दै सामुहिक प्रयासले मात्रै समाजमा रहेको परम्परागत विभेद र असमानतालाई हटाउन सकिनेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल महिला संघ जलजलाका प्रभा शर्मा न्यौपाने, अखिल नेपाल महिला संघ जलजलाका अध्यक्ष बालकुमारी आचार्य, अखिल नेपाल महिला संगठन क्रान्तिकारीका जिल्ला सदस्य रीता दर्जीले महिला अधिकारको बिषय संविधानमा लेखिनु र व्यवहारमा उतार्नु फरक रहेको अनुभव सुनाउँदै महिला शसक्तिकरणको लागि सबै मिलेर अगाडी बढ्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
हाजिरजवाफ प्रतियोगितामा ज्योतिमण्डल मावि प्रथम, विद्याज्योति मावि द्धितिय, अमृत आदर्श प्याराडाइज एकेडेमि तृतीय र जनकल्यण मावि सान्त्वना हुन सफल हुनुभएको छ । प्रतियोगितामा शिक्षक, विद्यार्थी, कर्मचारी र अन्य महिलाहरुले सहभागीता जनाउनुभएको थियो । प्रतियोगितामा प्रथम, द्धितिय , तृतीय र सान्त्वना हुनेलाई क्रमश नगद रु ९ हजार, ७ हजार, ५ हजार र ३ हजारको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।
त्यसैगरि दिवसकै अवसरमा आयोजित म्युजिकल चेयरमा प्रथम हुन सफल विष्णुकुमारी रायमाझी, द्धितिय सुवर्ण श्रेष्ठ र तृतीय हुन सफल सोफिया गर्वुजालाई क्रमश नगद रु १ हजार पाँच, १ हजार र पाँच सय नगद सहित प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यको अध्यक्षता, कार्यपालिका सदस्य बवि सुवेदीको स्वागत रहेको कार्यक्रमको सञ्चालन गाउँपालिकाका देवि रिजाल र भेषनाथ आचार्यले गर्नुभएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )