देवी जिसी/बेनी, माघ-२२, लोक गायिका धनकुमारी थापाको मगर भाषाको गीत “इसै मनाउ” सार्वजनिक भएको छ । आफ्नै युट्युब च्यानल “धनकुमारी थापा” च्यानल बाट ३ दिन अगाडी सार्वजनिक भएको गीत लोक प्रिय भइ धरैले हेरेका छन्। थापाले विसं २०५१ सालमा रेडियो नेपालमा रेकर्ड गराउनु भएको गीतलाई छायांकन गरी भिडियो मार्फत गीत सार्वजनिक गर्नुभएको हो ।
गीतको शब्द तुल बहादुर थापा मगरले लेख्नुभएको हो भने यसको भाका धनकुमारी थापाले तयार पर्नुभएको हो । म्युजिक भिडियोको छायांकन डीके चोचंगी पुन मगरले गर्नुभएको छ । म्युजिक भिडियोमा जमुना पुर्ज मगरको मुख्य भूमिका रहेको छ भने अन्य कलाकारहरुमा गौमति थापा मगर, राधा पुन, दकमाया पाइजा सेतीमाया सेर्पुजा मगर रहेका छन् ।
विसं २०१६ साल कात्तिक ३ गते, रघुगंगा गाउँपालिका वडा नं. ७, चिमखोला, म्याग्दीमा जन्मेकी थापा हाल बेनी नगरपालिका वडा नं. ८ बेनी, म्याग्दीमा बसोबास गर्दै आउनुभएको छ । आफ्नो जीवनको ३१ वर्ष शिक्षण सेवामा बिताउनुभएकी थापाले आइ.ए सम्मको अध्ययन पूरा गर्नुभएको छ । उहाँले आनो गायन र शिक्षण पेशालाई संगसंगै लैजानुभयो त्यसैले उहाँ दुवै क्षेत्रमा सफल रहनुभयो
धनकुमारी थापा २०४२ सालमा रेडियो नेपालमा स्वर परिक्षण पास गरी, नेपाली लोकगायनको क्षेत्रमा प्रवेश गर्नुभएको हो । उहाँले आफ्नो गायन यात्राको आरम्भमै मगर भाषाका लोकगित तथा लोकदोहोरी गितहरुमा स्वर दिनुभएको थियो । त्यसपछि उहाँले २०० भन्दा बढी गीत रेडियो नेपाल र विभिन्न एल्बमहरूमा रेकर्ड गराउनुभयो उहाँले “खोलापरी निरमाया,” “धौलागिरी वन,” “भेट भयो सलल,” “रेल पुग्यो बम्बैमा,” “मिठो बोलिले,” “अभिजाले माया,” “शिरफूले ३,” “यानिमाया,” “सालैजो,” “शिरबन्दी,” “बेनी बजारमा,” जस्ता लोकप्रिय गीतहरूमा आफ्नो स्वर प्रदान प्रदान गर्नुभएको छ । थाली नाच , यानिमाया लगायतको गीतको एक दर्जन जति भिडियेाहरु युट्युबमा धनकुमारी थापा सर्च गरि हेर्नु सकिन्छ ।
भिडियो
गीतको अर्थ :
यो मनको पिर कहिल्यै हराएन
कर्म लेख्ने भावी तैले के गर्यो
सधै गर्छु उकाली ओराली
सङ्गी भयो हसिया कोदाली
दिन बितायो दाउरा घाँस काटेर
बित्यो जीवन सधै नै रोएर
रोएर हिड्छु एक्लै वन पाखामा
मन बुझाउने को छ र साथमा
कर्मै रुखो छ
सुखको दिन देखिन
सधै दु:ख छ |
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )