बेनी, माघ-१४, म्याग्दीका लोक दोहोरी गायक देवेन्द्र घिमिरेको रोईला गीत धन्नै घरको गाल खाईन सार्वजनिक भएको छ । गायक घिमिरे र गायीका पार्वती जिसीको आवाजमा रहेको गीतमा धु्रव जिसीको लय र अमित विश्वकर्माको शब्द सृजना रहेको छ । गीतको एरेन्ज तारानाथ आचार्यले गर्नुभएको हो ।
ध्रुब जिसी, नकुल ढकाल युटुव च्यानलबाट सार्वजनिक भएको गीतको म्युजिक भिडियोको छायाँकन तथा सम्पादन किरण कार्कीले गर्नुभएको हो । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर २ वगरफाँट, बेनपा ७ महारानीथान लगायतका स्थानहरुमा छायाँकन गरिएको गीतमा मोडल निशा वुदुजा र मोहित परियारको नृत्य तथा अभिनय रहेको छ भने नारायण पौडेलको कमेडी रहेको छ । माया पिरतीमा आधारित रोईला गीतको भिडियो निर्देशन सुनिल बानियाँले गर्नुभएको हो । गीतले श्रोता दर्शकको माया बटुल्दै गएको छ ।
नेपाली लोक दोहोरी गीतको क्षेत्रमा क्रियाशिल गायक घिमिरे राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । प्रतिष्ठान म्याग्दीका अध्यक्ष समेत रहनुभएका जिसीले मौलिकतालाई जोगाउनका लागि रोईला गीत सृजना गरिएको बताउनुभयो ।
भिडियो
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )