बेनी, माघ-९, आठौँ म्याग्दी महोत्सवको अवसरमा आयोजित राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगितामा म्याग्दीको गङ्गा जिसी फाउन्डेसन प्रथम भएको छ । त्यसैगरी प्रतियोगितामा कृष्ण गण्डकी सप्लायर्स दोश्रो भएको छ। महोत्सवको अन्तिम दिन माघ ८ गते सम्पन्न फाइनल प्रतियोगितामा कृष्ण गण्डकी सप्लायर्सलाई ३ अंकले पछी पार्दै फाउन्डेसन प्रथम भएको हो ।
बिजेता तथा उपबिजेतालाई नेपाल उद्योग बाणिज्य महासंघ नेपालका अध्यक्ष चन्द्र ढकाल, म्याग्दी उद्योग बाणिज्य संघ म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठ, संबिधान सभा सदस्य रेशम बहादुर बानिया, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल नगर प्रमुख सुरत केसी लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा प्रथम दोश्रो हुनेले क्रमश नगद रु. १ लाख १ हजार, ६१ हजार १ सय ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यसैगरी तृतीय र सान्त्वना हुनेले ३० हजार १ सय र १५ हजार १ सय र प्रमाण पत्र प्राप्त गरेका छन्। प्रतियोगितामा उत्कृष्ट गायक, गायिका बन्दै सुदिप सापकोटा र सपना मगरले नगद २५ सय प्राप्त गरेका छन् ।
प्रतियोगितामा तेश्रो र सान्त्वना स्थानका लागि कलाकारहरु सहमति गरेपछि सो पुरस्कार राशि एकमुष्ट रुपमा दुइ समुहलाई वितरण गरिएको दोहोरीगीत प्रतियोगिता उपसमिति संयोजक लीलाराम गौतमलाई उदृत गर्दै निर्णायक संयोजक कृष्ण जिसीले बताए ।
प्रतियोगितामा जिल्ला बितर र बाहिरका गरि कुल १६ टिमको सहभागिता गरेको थियो । प्रतियोगिताको टिम ब्यबस्थापन राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिस्थान म्याग्दीले गरेको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )