बेनी, माघ-५, म्याग्दीको बेनीमा संचालित आठौँ म्याग्दी महोत्सवको अवसरमा आयोजित गण्डकी प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबलमा बेनी नगरपालिका र मालिका गाउँपालिका फाइनलमा प्रवेश गरेका छन्। शनिबार सम्पन्न भएको खेलमा मालिकाले मंगला गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको थियो। त्यस्तै दोस्रो खेलमा बेनी नगरपालिकाले १ का बिरुद्ध तीन सेट जित्दै अन्नपूर्ण गाउँपालिकालाई पन्छाउँदै फाइनलमा प्रवेश गरेको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।
म्याग्दीको सदरमुकाम बेनीबजारको खुलामञ्चमा जारी आठौँ म्याग्दी महोत्सव, माघे सङ्क्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औधोगिक, व्यापार मेलाको अवसरमा बिहिबारदेखि आयोजित प्रतियोगिताको पुरुषको फाइनल खेल महोत्सवको अन्तिम दिन माघ ८ गते हुने प्रतियोगिताका संयोजक तारानाथ रेग्मीले बताउनुभयो । प्रतियोगिताको महिलातर्फको खेल आइतबार विहानदेखि हुने छ ।
पुरुषतर्फ ८ टिम र महिलातर्फ ७ टिमले नाम दर्ता गरेका थिए। प्रतियोगितामा पुरुषतर्फ प्रथम, द्धितियले क्रमश १ लाख ५१ हजार १ सय, द्धितियले ७५ हजार १ सय नगद र महिलातर्फ प्रथम ७१ हजार १ सय र द्धितियले ४० हजार १ सय नगद प्राप्त गर्नेछन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )