बेनी, माघ-१, आठौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला–२०८१ को अवसरमा आयोजित विविध कार्यक्रम अन्तर्गत मङ्गलवारदेखि लोकदोहोरीगीत प्रतियोगिता सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा म्याग्दीको सदरमुकाम बेनीको खुलामञ्चमा सञ्चालित आठौं संस्करणको म्याग्दी महोत्सवमा लोकदोहोरीगीतको प्रतियोगिता सञ्चालन गरिएको हो ।
आजको तीनवटा प्रतियोगितामा पहिलो चरणबाट कृष्णागण्डकी सप्लायर्स बेनी, ब्राह्मण समाज म्याग्दी र श्रीकृष्ण हार्डवयर बेनी दोस्रो चरणमा प्रवेश गरेका छन् । कृष्णागण्डकी सप्लायर्सले राष्ट्रिय सङ्गीतकर्मी संघ म्याग्दी (क)लाई, ब्राह्मण समाजले ट्राफिक प्रहरी म्याग्दी र श्रीकृष्ण हार्डवयरले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान म्याग्दी (ख)लाई पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको हो ।
लोकदोहोरीगीत प्रतियोगिताका निर्णायक संयोजक कृष्णबहादुर जिसीले दिएको जानकारी अनुसार पहिलो चरणमा तीनवटा समूहको प्रतियोगिता सकिएको छ । बाँकी समूहको बुधवारदेखि प्रतियोगिता गरिने निर्णायक संयोजक जिसीले बताउनुभयो । लोक तथा दोहोरीगीत प्रतियोगितामा कुल १६ टिमले सहभागिता जनाएका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )