जलजला, मङ्सिर-२०, नेकपा एमाले जलजला गाउँकमिटिको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनवाट नयाँ नेतृत्वमा पुर्व प्रदेश कमिटि सदस्य नरबहादुर कार्की निर्वाचित हुनुभएको छ । सर्वसम्मत तरिकाबाट कमिटि चयन हुन कठिन भएपछी निर्बाचनद्वारा समितिको टुंगो लगाइएको हो । गाउँ कमिटिको अध्यक्षमा कार्कीले ७५ मत पाउँदा उहाँका प्रतिस्पर्धी टेकबहादुर जिसीले ४४ मत प्राप्त गर्नुभएको छ।
त्यसैगरी उपाध्यक्ष खुल्लामा महेन्द्र रेग्मी निर्विरोध निर्वाचित हुनुभएको छ । भने सचिबमा निलकण्ठ सुवेदी बिजयी हुनुभएको छ। सुवेदीका प्रतिस्पर्धि हिराबहादुर जिसीले ४८ मत प्राप्त गर्नुभएको छ । किमिटको उपसचिबमा दिपक पुन ५८ मत प्राप्त गरी बिजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धि रामबहादुर थापाले ५७ मत प्राप्त गर्नुभएको छ । महिला उपसचिबमा भने सुनिता बरुवाल जिसी निर्विरोध निर्वाचित हुनुभएको थियो । लेखा समितिको अध्यक्षमा प्रकाश जिसी निर्विरोध निर्वाचित हुनुभएको छ ।
लामो समयको सहमतिको प्रयास असफल भएपछि अन्ततः चुनावी प्रकृयामार्फत नेतृत्व टुंगाईएको एमाले जलजलाले जनाएको छ । कमिटिका अन्य सदस्यहरु भने निर्विरोध निर्वाचित भएका थिए ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )