बेनी, कार्तिक-१५, महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १६ औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । जन्मजयन्तीको अवसरमा म्याग्दी सामुदायिक पुस्तकालयले काब्य गोष्ठी तथा ‘परिस्थितीका उपजहरु’ कविता संग्रह बिमोचन गरेको छ ।
म्याग्दी पुस्तकालयको सभाहलमा आयोजित कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गदैं नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखक देवकोटाको थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता अहिलेको समाजमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।
सोही अवसरमा म्याग्दी सामुदायिक पुस्तकालयका कार्यसमिति सदस्य एवम् मानवअधिकार तथा शान्ति समाज म्याग्दीका सभापति हरिप्रसाद पौडेलको ‘परिस्थितीका उपजहरु’ कविता संग्रहको बिमोचन तथा नन्दादेबी स्मृति ग्रन्थको लोकार्पण गरिएको थियो ।
साहित्यकार रामप्रसाद सुबेदीले कृतिको समालोचना, पुस्तकालयका कार्यसमिति सदस्य कृष्ण जिसीले पठनसंस्कृति र महाकवी देवकोटाका बारेमा कार्यपत्र प्रस्तुत तथा म्याग्दी साहित्यिक समाजका अध्यक्ष धुब्रलाल शर्मा, साहित्यकार देवीप्रसाद शर्मा, केदार पौडेल, म्याग्दी सामुदायिक पुस्तकालयका पूर्व अध्यक्ष सुर्दशनकुमार श्रेष्ठले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने महाकवि देवकोटाको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा म्याग्दीका साहित्यकार, म्याग्दी सामुदायिक पुस्तकालयका पूर्वअध्यक्ष हरिकृष्ण श्रेष्ठ, सुवाशकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । म्याग्दी पुस्तकालयका अध्यक्ष अम्बिक कुमार श्रेष्ठको अध्यक्षता, साहित्य सचिव दिपक पौडेलको स्वागत र सचिव नवराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )