बेनी, असोज-३, संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा बिहीबार बिहान बेनीमा प्रभातफेरी गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय कार्यक्रम आयोजक समितिको आयोजनामा प्रभातफेरी गरिएको हो ।बेनीको विरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी कार्यक्रममा संविधान सभाका सदस्यद्वय गोविन्द्र पौडेल र नवराज शर्मा, जिल्लास्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, निजामती कर्मचारी, सर्वसाधारण र सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो ।
विरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी हुलाकचोक, न्यूरोड, क्याम्पसचोक हुँदै संगमचोक, बालमन्दिर चोक भएर पुनः विरेन्द्रचोकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा संविधानसभाका सदस्य पौडेलले संविधान जारी भएको दश वर्षको अवधिमा संविधान भित्रका अन्तर वस्तुका बारेमा छलफल र बहस सुरु भएको बताउनुभयो । संविधानलाई कार्यान्वयन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्ने उहाँले विचार व्यक्त गर्नुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )