बेनी, असोज-१, म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित विद्यालयस्तरीय प्रथम सूचना प्रविधि (आइटी) हाजिरीजवाफ प्रतियोगितामा सदरमुकाम बेनीस्थित लिटल गार्डेन एकेडमी प्रथम भएको छ ।
प्रतियोगिताममा न्यु वेष्ट पोइन्ट आवासीय मावि द्धितिय, बेनी सामुदायिक मावि तृतिय र प्रकाश माविले सान्त्वना स्थान हात पारेका थिए ।प्रतियोगिताका विजेतालाई क्रमश ८ हजार, ६ हजार, ४ हजार २ हजार नगद, प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ७ विद्यालयले सहभागिता जनाएको सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुबेदीले जानकारी दिनुभयो । प्रविधि क्षेत्रमा भइरहेको द्रुत विकास र यसको बढ्दो प्रयोगसँगै विद्यालयलाई समेत प्रविधिमैत्री बनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको क्याम्पसले जनाएको छ ।
प्रतियोगितामा बोल्दै प्रमुख अतिथि जलजला गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यले म्याग्दी बहुमुखी क्याम्पसको शैक्षिक तथा विभिन्न क्षेत्रमा गाउँपालिकाले समेत सहयोग गर्ने बताउनुभयो ।
क्याम्पस प्रमुख सुबेदीको अध्यक्षता, आइटी क्लवका अध्यक्ष शेरबहादुर विकको स्वागत र अतिरिक्त विभाग प्रमुख नारायण पौडेलको सञ्चालनमा सम्पन्न भएको प्रतियोगिताले प्रविधिमार्फत शिक्षण र सिकाइमा सहयोग पुगेको भन्दै आगामी दिनमा समेत निरन्तरता दिने जनाइएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )