म्याग्दी, भदौ-२९, शुक्रबार म्याग्दी सदरमुकाम बेनी बजारका पसल तथा होटेलहरुको अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बजारका खाद्यान्न पसल तथा होटेलहरु पसलहरु अनुगमन गरिएको हो । ६ होटेल, विद्यालयको चमेना गृह (क्यान्टिन) र ५ वटा किराना पसलमा अनुमगन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख सहन्सा कुमार मेहताले बताउनुभयो ।
बजार अनुगमनको क्रममा उपभोग्य अवधी समाप्त भएको खाद्य सामग्री तथा म्याद गुज्रेका सामान बिक्री गरेको , मुल्यसुची नराखेर संचालन गरेको र नवीकरण नगरेको पाइएको छ । अनुगमनमा भेटिएका कमी, कमजोरीलाई तत्कालै सुधार गर्न उद्योगी, व्यवसायीलाई निर्देशन दिइएको उहाँले बताउनुभयो।
अनुगमनका क्रममा करिब चालिस हजार मुल्य बराबरको खाद्य तथा पेय पदार्थ जफत गरी नष्ट गरिएको छ । दसैँ, तिहार र छठ लगायत चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकता दिएर निरन्तरता दिइने कार्यालयले जनाएको छ । अनुगमनमा उद्योग तथा पर्यटन कार्यालय प्रमुख पोषनाथ शर्मा , म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ सहित जिल्ला प्रशासन कार्यालय ,बेनी नगरपालिका ,जिल्ला प्रहरी कार्यालय,र पत्रकार महासंघ म्याग्दी शाखाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )