जलजला, साउन-१०, पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्रका गर्भवती,सुत्केरी, ज्येष्ठ नागरिक, असाहय, गरिब, अपाङ्घता भएकालाई अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको छ । गाउँकार्यपालिकाको कार्यालय लामाखेतमा बिहिबार एक समारोहका बिच अध्यक्ष राजुप्रसाद आचार्यले उक्त सेवाको शुभारम्भ गर्नुभएको हो ।
गर्भवती र सुत्केरी अवस्थामा समयमै सवारीसाधनको उपलब्धता नहुने,सवारीसाधनले समेत चर्को शुल्क लिने गरेको गुनासोसँगै छिमेकी जिल्ला म्याग्दीको बेनी अस्पताल, पर्वत अस्पताल, बागलुङ जिल्लाको बागलुङ अस्पतालका साथै रिफर हुने अस्पतालसम्म कुनैपनि शुल्क नलाग्ने गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । सेवा शुभारम्भ कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्य, वडा अध्यक्ष, कार्यपालिका सदस्य,गाउँपालिकाका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
गाउँपालिका भित्र निशुल्क बाहेक गाउँपालिकाभित्रका बासिन्दाले सेवा लिन चाहनेलाई भाडा तोकिएको छ । २४ घण्टै सेवा उपलब्ध हुन्छ । गाउँपालिकाले सेवा प्रवाहलाई मध्यनजर गरी सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, असाहय, गरिब, अपाङ्घता भएकाहरूको सम्बन्धित शाखाबाट तथ्याङ्क सहित विवरण संकलन गर्ने समेत गरिने प्रमुख प्रशासकीय अधिकृत आचार्यको भनाई छ । यसैबीच सेवाप्रवाहका लागि गाउँपालिकाले निशुल्क टोल फ्रि नम्बर १८१०५०००१६८ तथा ३ जना नगर प्रहरी, २ जना चालक र २ कर्मचारीलाई सचिवालयमा राखिएको छ । गाउँपालिकाको सेवा प्रबाह सम्बन्धि कुनै गुनासो, सुझाव, सल्लाह, प्रतिकृया, र राय दिन सकिने गाउँपालिकाले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )