जलजला, असार-७, पर्वतको जलजला-४ स्थित फट्केढुङ्गा आधारभूत विद्यालयमा शुक्रवार छात्रवृत्ति वितरण, मासिक परीक्षाको नतिजा प्रकाशन, पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा दलित छात्रवृत्ति, छात्रा छात्रवृत्ति वितरण र आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो ।
पर्वत समाज कतारद्वारा विद्यालयमा अध्ययन गर्ने ५ जना विद्यार्थीलाई जनही रु.५००० का दरले रु.२५००० (पच्चीस हजार ) छात्रवृत्ति हस्तान्तरण गरिएको छ । पर्बत समाज कतारका कृष्ण बहादुर जिसी र खड्क बहादुर मल्लको पहलमा उक्त छात्रवृत्ति हस्तान्तरण गरिएको हो । साथै, जलजला गाउँपालिका वडा नं ४ फट्केढुंगा निवासी दान बहादुर खत्रीले विद्यालयलाई रु.१५००० (पन्ध्र हजार ) सहयोग गर्नुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वडा नं ४ का अध्यक्ष भारत जिसीले विद्यार्थीहरूको शैक्षिक उन्नतिका लागि यस्ता कार्यक्रमहरूको निरन्तरता आवश्यक रहेको र यस सहयोगले विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक सामग्रीको व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको बताउनुभयो ।
कार्यक्रममा वडा नं ४ का जनप्रतिनिधि तेज दमाइ, बबी सुबेदी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । विद्यालयले सहयोग गर्ने आर्थिक सहयोग गर्ने कतार समाज पर्वतका कृष्ण बहादुर जिसी, खड्क बहादुर मल्ल र आर्थिक सहयोग गर्ने दाङ बहादुर खत्रीलाई विद्यालयले सम्मान गरेको छ ।
फट्केढुङ्गा आधारभूत विद्यालयमा सम्पन्न यस कार्यक्रमले विद्यार्थीहरूमा शिक्षाको महत्त्व प्रतिको जागरूकता बढाउन तथा उनीहरूको शैक्षिक यात्रा सफल बनाउने दिशामा महत्वपूर्ण भूमिका निर्वाह गरेको र यस प्रकारका सहयोग र प्रोत्साहनले विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गर्न थप प्रेरणा दिनेछ भन्ने विश्वास गरिएको छ ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिका कुमारी मल्ल हमलाको अध्यक्षता, वडा नं ४ का अध्यक्ष भारत जिसीको प्रमुख आतिथ्यता, विद्यालयका प्रधानाध्यापक कृष्ण पौडेलको स्वागत र शिक्षक रमेश बैरागीको संचालनमा सम्पन्न भएको थियो।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )