बेनी, असार-७, म्याग्दीको बेनीमा दशौँ अन्तराष्ट्रिय योग दिवस मनाइएको छ। ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ बेनीमा शुक्रवार फरक फरक स्थानमा योग शिविर आयोजना गरि दशौं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो ।
योग दिवसको अवसरमा आयुर्वेद स्वास्थ्य केन्द्र बेनीले कालीपुल स्थित आफ्नो योग प्रशिक्षण हलमा जिल्ला समन्वय प्रमुख राजकुमार थापा, उपप्रमुख दिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल समेत अधिकारीसमेतको उपस्थितीमा योगासहित योग दिवस मनाएको छ । त्यसैगरी मंकाखलको हलमा मनोक्रान्ति अभियान अन्तर्रगत नविन आनन्द योग केन्द्रले पनि योगसहित दिवस मनाएको छ ।
यता बेनीकै न्यु वेष्ट पोइन्ट आवासीय विद्यालयले विद्यालयको अडिटोरियममा कक्षा १० का विद्यार्थी, शिक्षक र छात्राबासका विद्यार्थी सहभागी भइ योग तथा ध्यान गरेर दिवस मनाएको छ । विद्यालयमा शिक्षक राजु बस्याल शर्माले विद्यार्थीहरुलाई करिव एक घण्टा योग ध्यान गराउनुभएको थियो । उहाँले हरेक शनिबार विद्यालयमा योग शिविर संचालन गरिरहेको विद्यालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको ६९औं महासभामा योग सबैका लागि सधैंका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए। सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र संघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए।
संघले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ। सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )