मंगला, असार-७, म्याग्दीको मंगला गाउँपालिकाले आव ०८१/०८२ कालागी ४९ करोडबढीको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभाको १८ औं अधिवेशनमा उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले संघ/प्रदेश सरकारबाट प्राप्त हुने समन्यीकरण तथा सर्सत अनुदान, राजश्व बाँडफाँड र पालिकाको आन्तरिक आय एवं मौजाद समेतगरी कुल ४९ करोड ९ लाख ३१ हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।
बजेटमा संघिय पुँजीगत अनुदान ससर्त १ करोड, ९० लाख, संघिय विषेश २ करोड ६५ लाख, समपुरक ३ करोड ९० लाख, समानीकरण ८ करोड ५ लाख र संघिय ससर्त अनुदान चालु तर्फ १९ करोड ६९ लाख ३१ हजार प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरी प्रदेश तर्फ बिशेष अनुदान ४० लाख, समपुरक ६० लाख, समानीकरण ९६ लाख ५१ हजार आय अनुमान गरिएको छ । पालिकाको बजेटले राजश्व बाँडफाँडबाट ७ करोड ५८ लाख ७९ हजार ७ सय ८४ रुपैयाँ, वन रोयल्टी २१ हजार ३ सय ६९, पर्वतारोहण रोयल्टी ९६ हजार
८ सय ४७ रुपैया तथा गण्डकी प्रदेश राजश्वबाट ६० लाख ४ हजार आय हुने अनुमान गरेको छ । मंगला गाउँपालिकाले यो वर्ष १ करोड ८० हजार आन्तरिक आय गर्ने अनुमान गरेको छ ।
मंगला गाउँपालिकाले आव ०८१/८२ मा चालु तर्फ २९ करोड ५४ लाख ३१ हजार ८ सय र पुँजीगत तर्फ १९ करोड ५५ लाख बजेट विनियोजन गरेको छ । क्षेत्रगत रुपमा सामाजिक विकासको शिक्षा तर्फ १७ करोड ७६ लाख ५ हजार, श्वास्थ्य तर्फ २ करोड ७ लाख ९४ हजार, युवाखेलकुद तर्फ ३३ लाख ५० हजार, संस्कृति तर्फ ३ लाख, लैङ्गीक समावेशिकरणमा १५ लाख ९० हजार, सामाजिक सुरक्षामा ३१ लाख ९५ हजार, खानेपानी तर्फ २२ करोड २ लाख ६४ हजार बजेट विनियोजन गरेको छ ।
त्यसैगरी आर्थिक विकास तर्फ कृषीमा ४२ लाख ७५ हजार, पशु विकासमा ३३ लाख ७२ हजार, उद्योगमा २४ लाख, सिंचाईमा १ करोड २३ लाख ४७ हजार विनियोजन भएको छ । पूर्वाधार तर्फ मंगला गापाले यातायात तर्फ १० करोड ५३ लाख, भवन, आवास तथा सहरी विकासमा १६ करोड ६० लाख बजेट विनियोजन भएको छ। त्यस्तै, कार्यालय तथा प्रशासनीक खर्च तर्फ ५ करोड ८० लाख १० हजार ८ सय, सुशासन तथा सम्बन्धीतमा ३ करोड २५ लाख १० हजार बजेट विनियोजन गरेको छ ।
मंगला गाउँपालिकाको ०८१ असार ७ गते शुक्रवार आयोजना भएको गाउँसभाको १८ अधिवेशनमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले पेश गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ। अध्यक्ष रोकाले प्रस्तुत गरेको निती तथा कार्यक्रममा ‘योग्य, क्षमतावना नागरिक उत्पादनकालागी गुणस्तरिय शिक्षामा सवैको पहुँच’, सक्षम र जिम्मेवार शिक्षक, लगनशिल विद्यार्थी, ब्यवस्थित विद्यालय, युवा पलायन रोक्न ‘विदेश होईन बिजनेस’ भन्ने कार्यक्रम तय गरेको छ । त्यस्तै सुत्केरीसंग उपाध्यक्ष कार्यक्रम, अध्यक्षसँग सहायता कार्यत्रम अन्तर्गत मुटु, मृगौला, क्यान्सर, एड्स जस्ता घातक रोग लागेका विरामी तथा विपन्न विरामीलाई सहयोग गर्ने नीति तथा कार्यक्रम बनाएको छ ।
त्यसैगारे मंगला गाउँपालिकाले उपभोक्ता समिति मार्फत संञ्चालन गरिने कार्यक्रममा कार्यरत रहने १५ जना श्रमिकको सामुहिक दुर्घटना विमा गर्ने नीति लिएको छ । उत्पादनशिल र ब्यवसायीक कृषी, एक वस्ती, एक उद्यम, एक ब्यक्ति एक सीप जस्ता मुख्य २१ वटा पालिकाको मुख्य विषयबस्तु तय गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद पौडेलले बजेटको कार्यान्वयन प्रक्रियालाई व्यवस्थित बनाईने बताउनुभयो । सुशासन कायम गर्दै जनमैत्री सेवा प्रवाहमा पालिका प्रतिवद्ध रहेको उहाँको भनाई थियो ।
गाउँसभाले अध्यक्ष रोकाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र उपाध्यक्ष क्षेत्रीले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित गरेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )