देवी जिसी/जलजला, जेठ-२७ पर्वतको जलजला गाउँपालिका वडा नं २ मा संचालित महिलालाई पाँच दिने धूप बनाउने तालिम सम्पन्न भएको छ । जलजला गाउँपालिका वडा नं २ को आर्थिक सहयोगमा दुई चरणमा तालिम सञ्चालन गरेको हो । पहिलो चरण अन्तर्गत वडा नं २ को वडा कार्यालयमा ३ दिन र वडा नं २ कै बौरमा २ दिन गरि ५ दिन सम्म तालिम संचालन गरिएको हो । वडा कार्यालयमा संचालित तालिममा ७५ जना महिला र बौरको आमा समुहको भावनामा संचालित तालिममा ६० जना महिलाको सहभागिता रहेको थियो । सिन्के धूप विस्थापित गर्न महिलालाई बाटेको धुप बनाउने तालिम पूजापाठमा प्रयोग हुने सिन्के धूप विस्थापित गरी अर्गानिक धुपको प्रयोग तथा ब्यवसायिक उत्पादनलाई प्रोत्साहन गर्न तालिम संचालन गरिएको वडाले जनाएको छ ।
वडाभित्र दुवै चरणमा महिलालाई आयआर्जन र दैनिक पूजापाठ, मन्दिरमा प्रयोग गरिने धूप बनाउने तालिमको प्रशिक्षण ब्यवसायी सिर्जना श्रेष्ठले दिनुभएको थियो । पहिलो चरणको तीनदिने तालिम शुक्रबार सम्पन्न भएको र बौरमा रहेका महिलाका लागी आइतबार देखि संचालन भएको तालिमको आज सोमबार समापान भएको हो ।
तालिम समापनको अवसरमा बोल्दै प्रमुख अतिथि जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले तालिमबाट सिप सिकेर महिलाले उत्पादन गरेको धुप बजारीकरणमा समस्या भएमा गाउँपालिकाले त्यसको सहजीकरण गर्ने प्रतिबद्दता जनाउनुभयो । त्यसैगरी उपाध्यक्ष आचार्यले गाउँपालिकाले यति धेरै महिलालाई सहभागी गराएर सम्पन्न गरेको वडा नं २ को तालिम पालिकामा अहिलेसम्मकै धेरै सहभागिता रहेको तालिम भएको बताउनुभयो ।
त्यसैगरी कार्यपालिका सदस्य भीमसेन बराइलीले वडा नं २ ले संचालन गरेको यो कार्यक्रम अत्यन्तै फलादायी रहेको र ब्यबसायी बन्न खोज्ने महिलालाई गाउँ पालिकाले सदैव सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागीका तर्फबाट महिला अधिकारकर्मी हेमाकुमारी अधिकारी, सृजना मिजार, शोभा परियारले मन्तब्य ब्यक्त गरेका थिए ।
तालिम समापन कार्यक्रम जलजला गाउँपालिका वडा नं २ का अध्यक्ष प्रकाश जिसीको अध्यक्षता जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यको प्रमुख आतिथ्यता र वडा सचिव शोभा सापकोटा जिसीको संचालनमा सम्पन्न भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )