जलजला, जेठ-२३, पर्वतको जलजला गाउँपालिका-५ लेकफाँटको डाडाकटेरी स्थित घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।
अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गमा पर्ने घोप्टेखोलामा निर्माण भएको पुलबाट स्थानीयबासी र पर्यटक लाभान्वित भएका छन् । एग्रिकल्चर एड एशोसिशयसन ब्रिट्रिस गोर्खा (कादुरी) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ५० मिटर लामो पुल निर्माण भएको डाडाकटेरीका नारायण पुनले जानकारी दिनुभयो ।
सो पुलको सोमबार जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र कादुरी संस्थाका बिजयन्त शेरचनले उद्घाटन गर्नुभयो । रु. ४७ लाख ५० हजार ४९६ को लागतमा पुल निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । पुल निर्माणका लागि स्थानीयबासीले रु. १ लाख १५ हजार २०० मूल्य बराबरको ८५ दिन श्रमदान गरेका छन् । काम थालेको ८५ दिनमै पुल तयार भएको उपभोक्ता समितिका अध्इक्ष जितबहादुर पुनले बताउनुभयो ।
पुल निर्माण पश्चात बाँसखर्क, मल्लाज, डाडाकेटरी, बनबढे, म्याग्दीको नागीका बासिन्दा लाभान्वित भएका वडा अध्यक्ष तिलक जिसीले बताउनुभयो । बाँसखर्क डाडाकेटेरी हुदै मोहरेडाडा, पुनहिल घोडेपानी जान सकिने पदमार्ग भएकाले यो पुल प्रभावकारी भएको वडा अध्यक्ष जिसीले बताउनुभयो ।
पुल निर्माण भएको खुसीयालीमा स्थानीयबासीहरुले नाचगान गरेर खुसीयाली मनाएका थिए। पुल बनेपछि घुमाउरो बाटो हिड्न नपरेको र यात्रा अवधी छोटिएको स्थानीयले जनाएका छन् ।
पुल निर्माणका लागि स्थानीयबासीले रु. १ लाख १५ हजार २०० मूल्य बराबरको ८५ दिन श्रमदान गरेका छन् । काम थालेको ८५ दिनमै पुल तयार भएको उपभोक्ता समितिका अध्इक्ष जितबहादुर पुनले बताउनुभयो ।
सो पुलबाट बाँसखर्क, मल्लाज, डाडाकेटरी, बनबढे, म्याग्दीको नागीका बासिन्दा लाभान्वित भएका वडा अध्यक्ष तिलक जिसीले बताउनुभयो । बाँसखर्क डाडाकेटेरी हुदै मोहरेडाडा, पुनहिल घोडेपानी जान सकिने पदमार्ग भएकाले यो पुल प्रभावकारी भएको वडा अध्यक्ष जिसीले बताउनुभयो ।
पुल निर्माण भएको खुसीयालीमा स्थानीयबासीहरुले नाचगान गरेर खुसीयाली मनाएका थिए। पुल बनेपछि घुमाउरो बाटो हिड्न नपरेको र यात्रा अवधी छोटिएको स्थानीयले जनाएका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )