बेनी, जेठ-१३, म्याग्दी जेसिजको २६ औ स्थापना दिवसको अवसरमा शनिबार बेनीमा २० औ जिल्ला स्तरीय अन्तर मावि रनिङ कप लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा बेनीको माउन्ट एभरेष्ट आवासीय मावि प्रथम भएको छ । त्यसैगरी प्रतियोगितामा बेनी सामुदायिक मावि दृतीय र प्रकाश मावि तृतीय भएका छन् ।
प्रथम, दृतीय र तृतीय हुने विद्यालयलाई क्रमश रु. पन्ध्र हजार, नौ हजार र छ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको म्याग्दी जेसिजका मिडिया म्यानेजर कपिल बानियाले जानकारी दिनुभयो ।
प्रतियोगितामा १२ वटा विद्यालयले सहभागिता जनाएका थिए। मौलिक लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले म्याग्दी जेसिजले साता ब्यापी स्थापना दिवस मनाउने क्रममा हरेक बर्ष लोक नृत्य प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको मुख्य प्रायोजक रोहित भट्टचन स्मृति कोष रहेको र सहयोगि संस्था सामाजिक बिकास कार्यालय म्याग्दी रहेको थियो ।
म्याग्दी जेसिजका शाखा अध्यक्ष दिनेश बानियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसिज सप्ताहका संयोजक दिनेश विश्वकर्माको स्वागत र साधारण सदस्य डेकमाया केसीले आस्थापाठ गर्नुभएको थियो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसी, संस्थापक अध्यक्ष तथा बेनी नगरपालिका-७ का वडा अध्यक्ष रमेश कुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन कार्यकारिणी उपाध्यक्ष अमिर श्रेष्ठ र महासचिव सज्जन श्रेष्ठले गर्नुभएको थियो । रोहित भट्टचन स्मृति कोष मुख्य प्रायोजक रहेको प्रतियोगिता सञ्चालन गर्न सामाजिक विकास कार्यालय म्याग्दीले पनि सहयोग गरेको थियो । डिके पुनको संयोजकत्वमा गोकुल सुनार र विश्वास विश्वकर्मा सदस्य रहेको निर्णायक मण्डल रहेको थियो।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )