बेनी, जेठ-११, म्याग्दीमा पोलियो विरुद्धको खोप लगाउन छुटेका बालबालिका आगामी जेठ १३ देखि १९ गतेसम्म खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले २०७३ वैशाख देखि २०७५ असोज महिनासम्म जन्मिएका ४३ सय ६२ जना बालबालिका लागि लक्षित गर्दै खोप अभियान सुरु गर्न लागेको हो । शुक्रबार स्वास्थ्य कार्यालयमा आयोजित जिल्लास्तरीय खोप समन्वय समिति सरोकारवाला र सञ्चारकर्मीसँगको कार्यक्रममा लक्षित बालबालिका विद्यालय उमेर समुहका भएको बेनी नगरपालिका र पाँच गाउँपालिकाका १ सय ११ विद्यालय, २८ खोप केन्द्रमा स्वास्थ्यकर्मी र स्वंयमसेविका सहित ४ सय १७ जना जनशक्ती परिचालन गरी खोप लगाइने सूचना अधिकारी गणेश सुबेदीले बताउनुभयो ।
खोप लगाउन छुटेका बालबालिका जन्मिएको समयमा आई पी भी खोप अभाव रहेका अवस्थामा अहिले अभियान सञ्चालन गरिएको खोप सुपरभाइजर बिरेन्द्रकुमार चौधरीले बताए । बालबालिकालाई एक मात्रा आईपिभी खोप दिएर पोलियो रोग विरुद्ध प्रतिरोध क्षमता बढाउने भएकाले लक्षित बालबालिकालाई खोप लगाउन ५७ जना अनुगमत समिति समेत बनाइएको स्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले बताउनुभयो ।
पोलियो भाइरस पी १ पी २ र पी ३ गरी तीन प्रकारका हुन्छन् र तिन वटै भाइरसबाट पोलियो रोग हुनसक्छ । जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले मजदुरी गर्ने र खोपको महत्व नबुझेकाहरु छुट्न सक्ने भएकाले लक्ष्यअनुसारका बालबालिकालाई खोपको पहुँचमा ल्याउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बेनी नगरपालिकाका मेयर सुरत केसी, जिसस उपप्रमुख दिलकुमारी खत्री, बेनी अस्पतालकी निमित्त डा. अञ्जु थापा लगायतको उपस्थिती रहेको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )