जलजला, जेठ-२, पर्वतको एक विद्यालयलाई युकेबाट लाखौंको सहयोग प्राप्त भएको छ । जिल्लाको जलजला गाउँपालिका वडा नं ५ कुवापानी स्थित गिद्देश्वोर प्राथमिक विद्यालयलाई युकेबाट ४ लाख सहयोग प्राप्त भएको हो । विद्यालयका संस्थापक तारासिंह पुनका छोरा साविकको लेखफाट गाविस वडा नं ४ कुवापानीमा जन्मिएर हाल संयुक्त अधिराज्य युके बेलायतमा बसोबास गर्दै आउनुभएका अति प्रसाद पुनले आफ्नो गाउँको विद्यालयलाइ ४ लाख रुपैयाँ सहयोग गर्नुभएको हो ।
आफ्ना बुबाले स्थापना गर्नुभएको विद्यालयलाई यसरी माया गरेर यति ठुलो रकम सहयोग गरेकोमा विद्यालय परिवार र कुपावानी गाउँवासी अत्यन्तै खुशी भएको विद्यालयका प्रधानाध्यापक राजकुमारी पुन मगरले बताउनुभयो । उहाँले विद्यालयमा शिक्षक दरबन्दी कम भएको र १ जना निजि शिक्षकको ब्यबस्था गरेर पठन पाठन गराइएको अबस्थामा यसरी सहयोग प्राप्त हुँदा खुसि लागेको र अतिप्रसाद ट्रष्ट स्थापना गरि उक्त रकमको ब्याजबाट शिक्षकलाई तलब ब्यबस्थापन गर्न सहयोग पुग्ने बताउनुभयो ।
विसं २०१८ सालमा स्थापना भएको विद्यालयमा कक्षा ५ सम्म संचालनमा रहेको र १६ जना विद्यार्थी र २ जना दरबन्दीका शिक्षक र १ जना निजि शिक्षक रहेका छन् । नीजि शिक्षकलाई गाउँलेले चन्दा, सहयोग उठाएर तलब ब्यबस्थापन गरिरहेका छन ।
२०८० सालमा जलजला गाउँपालिकाले संचालानन गरेको वार्षिक परीक्षामा गिद्देस्श्वोर प्राथमिक विद्यालयको नतिजा उत्कृष्ट रहेको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )