म्याग्दी, बैशाख-२३, पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा आज (आइतबार)देखि उद्घोषक तथा भाषणकला तालिम सुरु भएको छ । मंगला सामुदायिक सिकाइ केन्द्र मंगला–२, बाबियाचौरको आयोजना र मंगला गाउँपालिकाको संयोजनमा तालिम सञ्चालन गरिएको हो ।
तीन दिनसम्म चल्ने तालिममा मंगला–२ को सिमलचौर, कोत्राबाङ, तोराखेत, रनबाङलगायत स्थानका महिला समूहबाट करिब २० जना महिलाहरुले सहभागिता जनाएका छन् । ग्रामीण भेगका महिलाहरुलाई उद्घोषण र भाषणकलामा सक्रिय बनाउने उद्देश्यले क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको मंगला सामुदायिक सिकाइ केन्द्रले जनाएको छ ।
तालिमको नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका कार्यसमिति सदस्य एवं जलजला अनलाइन डटकमका सम्पादक तथा सञ्चालक कृष्णबहादुर जिसी र रुप्से दैनिक पत्रिकाका सहसम्पादक समेत रहेका पत्रकार प्रताप बानियाँले सहजीकरण गरिरहनुभएको छ ।
तालिममा उद्घोषण तथा भाषणकला, कार्यक्रम सञ्चालन गर्ने तौरतरिका, कार्यक्रममा सम्बोधन, स्वागत र शुभकामना मन्तव्य, क्षमता अभिवृद्धि, महिला अधिकारलगायत विविध विषयहरुमा सहजीकरण भैरहेको छ ।
सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष लक्ष्मी सुवेदीले उद्घाटन गर्नुभएको तालिमको केन्द्रका परिचालिका दुर्गा खत्रीले सञ्चालन गर्नुभएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )