जलजला, बैशाख -१८, पर्वत जिल्लाको जलजला गाउँपालिका वडा न २ मा भएको दम्पत्ति हत्याको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरी भनाई छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख खुमलाल भुषालले अबको २४ घण्टा भित्र अभियुक्त सार्वजनिक गरिने जानकारी दिनुभयो । उहाँले हत्यामा संग्लन्न मानिसको पहिचान भएको र केहि घण्टा भित्र त्यसको पुष्टि हुने गरी अभियुक्त सार्वजनिक गरिने बताउनुभयो ।
भुषालले अभियुक्तको विवरण नखुलाए पनि केहि अनलाईन सञ्चार माध्यमहरुले केन्द्रिय अनुसन्धान ब्यूरोलाई उद्धित गर्दै २ जना अभियुक्त रहेको भन्दै नाम सार्वजनिक गरेका छन् । प्रहरी प्रमुख भुषालले आधिकारिक रुपमा प्रहरी आफैले अभियुक्त सार्वजनिक गर्ने जानकारी दिनुभएको छ ।
गत चैत १९ गते राति जलजला -२ दहमा बसोबास गर्ने ६९ वर्षीय सूर्यबहादुर जिसी र उहाँकी ६७ वर्षीया श्रीमती गमला जिसीको सोमबार राती हत्या भएको थियो । घटनाको एक महिना बितिसक्दा सक्दा पनि हत्यारा पत्ता नलाग्दा गाउलेहरु त्रसित बनेका थिए ।
बृद्द दम्पतिको हत्या गरी घरको ढोकाको बाहिरबाट चाबी लगाएर हत्यारा भागेको भागेको खुलेको थियो । भेट्न आएका आफन्तले घरमा ताला लगाएको र फोन नउठेपछि बेनीको अस्पताल चोकमा फेन्सी ब्यवसाय गर्ने दम्पत्तीका छोरा रविनलाई खबर गरेका थिए ।
जिसी दम्पत्तीको विभत्स हत्या गरी शरीर रगताम्मे अवस्थामा भेटिएको थियो । सुर्यबहादुरको शव खाट र गमलाको भुइमा थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )