काठमाडौँ, चैत-१५, माध्यामिक शिक्षा परीक्षा (एसइई) बिहीबारबाट सुरू हुँदैछ । आजबाट सुरू भएको एसईईमा पाँच लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा बिहान ८ बजेबाट सुरू हुनेछ। पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुँदैछ।
एसइईका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका छन्। परीक्षा व्यवस्थित तुल्याउन ७७ हजार ४ सय ८५ जना जनशक्ति परिचालन गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
यस वर्षको एसइईमा दुई लाख ५० हजार ७७२ छात्र छन् भने दुई लाख ५३ हजार ६२७ छात्र छन्। १५ जना अन्य समूहबाट एसइई दिन लागेको बोर्डले जनाएको छ। बागमती प्रदेशबाट सबैभन्दा बढी अर्थात् एक लाख ५ हजार ७ सय ४३ विद्यार्थी छन्।
देशभरका दुई हजार ६४ केन्द्रमा ३० हजार ९ सय ४५ जना सुरक्षाकर्मी परिचालन गरिने बोर्डले बताएको छ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )