जलजला, चैत- १२, पर्वतको जलजला गाउँपालिकाको बाँसखर्क, लेखफाँट ,सालिजा लगायत क्षेत्रमा परेको भारी असिना पानीले बालीनालीमा क्षती पुर्याएको छ । सोमबार साँझ परेको असिना पानीले जलजला १ बाँसखर्कमा भर्खरै फुलेको सुन्तलाको फुल झारेर नष्ट पारेको छ । त्यसैगरी लेखफाट र सालिजामा हिउंदे आलु, जौ र पाक्न लागेको गहुँमा क्षती पुर्याएको छ।
उता म्याग्दीको माथिल्लो भेगमा वर्षासँगै परेको असिनाले हिउँदेबाली नष्ट गरेको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाको पाखापानी, पिप्ले, कुइनेमङ्गले, दग्नाम, झिँ, बेगखोलालगायत क्षेत्रमा असिना पानीले बाली नष्ट गरेको दग्नामका गुन पुनले बताउनुभयो । उहाँका अनुसार असिना पानीले मकै, आलु, जौ, गहुँ, उवा, साग लगायत हिउँदेबाली नष्ट गरेको छ ।
त्यसैगरी असिना पानीले केराखेतीमा पनि असर गरेको कृषकको भनाइ छ । यसैगरी ,मालिका ,मंगला ,बेनी नगरपालिका र धवलागिरी गाउँपालिकाका केही क्षेत्रमा पनि असिना पानी परिरहेको छ । खेतमा लगाएको बाली नष्ट भएपछि म्याग्दीका किसान चिन्तित छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )