देवी जि.सी./बेनी, चैत-९, अन्तराष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवसको अवसरमा दलित महिलाहरुको नेतृत्व बिकास तालिम सम्पन्न भएको छ । सामाजिक बिकास कार्यालय म्याग्दी र कदम म्याग्दीको संयुक्त आयोजना र FDO (Feminist Dalit Organization) को समन्वयमा म्याग्दी जिल्लामा रहेका स्थानिय तह र समुदायको नेतृत्वदायि भूमिकामा रहेका दलित महिलाहरुको क्षमता विकासगर्ने उदेश्यले २ दिने नेतृत्व बिकास तालिम संचालन गरिएको हो । तालिमको उद्घाटन जिल्ला समन्वय प्रमुख राजकुमार थापाले गर्नुभएको थियो।
चैत ८ र ९ गते सम्ताम संचालन भएको तालिममा मंगला गाउँपालिका, अन्नपूर्ण गाउँपालिका, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाका २६ जना दलित महिलाहरुको सहभागिता रहेको थियो । तालिममा संविधानमा उल्लेखित मौलिक हक र महिलाको अधिकार तथा महिला सशक्तिकरण जाती र कानुनी व्यवस्थाहरु, नागरिकताको सम्बन्धमा भएका कानुनी व्यवस्थाहरु, नेतृत्व बिकास तथा उद्घोषण कला, बैठक सञ्चालन र माईन्युट लेखन सिप, निवेदन लेखन सिप, सामान्य प्रस्ताव लेखन सिप, आयव्यय राख्ने सिपबारे सहजीकरण गरिएको थियो। तालिममा प्रशिक्षक मुक्तिप्रसाद ढुङ्गाना, जिल्ला सरकारी वकिल कार्यालयका वरिष्ठ अधिवक्ता खेमराज पाठक, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र प्रशिक्षक कृष्ण जि.सी. ले सहजीकरण गर्नुभएको थियो।
तालिमको उद्घाटन सत्र कदम म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलको अध्यक्षता, जिल्ला समन्वय समितीका प्रमुख राजकुमार थापाको प्रमुख आतिथ्यता सामाजिक बिकास कार्यालयका कार्यालय प्रमुख रमेश थापाको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्यहरु जानकी विश्वकर्मा र बबिता विश्वकर्मा साथै FDO का अध्यक्ष सम्झना परियारको उपस्थिती रहेको थियो।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )