बेनी, फागुन-१३, खेलकुद बिका समिति म्याग्दीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका खेलाडीलाई सम्मान गरेको छ । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगीतामा सहभागी भइ नवलपुरबाट फर्केका खेलाड़ीहरुलाई आइतबार जिल्ला खेलकुद विकास समितिको कार्यालयमा एक कार्यक्रम गरि सम्मान गरेको हो ।
पहिलोपटक प्रदेशस्तरीय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै सम्रगमा तेस्रो स्थानमा आएको म्याग्दीबाट सहभागी खेलाडीलाई आइतबार सम्मान गरिएको हो । प्रतियोगितामा कुल ९ स्वर्ण, ११ रजत र १० काँस्य पदक जित्दै प्रदेशमा तेश्रो भएको हो । प्रतियोगितामा एथलेटिक्समा ३ स्वर्ण, उसुमा ३, तेक्वान्दो २, कबडी छात्रामा १ स्वर्ण जितेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताउनुभयो ।
म्याग्दीबाट स्वर्णपदक बिजेता सबै र भलिबल तर्फ छात्रामा उपविजेता भएपनि उदयमान खेलाडीको रुपमा कमला पाइजा र रिकजना माँझी राष्ट्रियस्तरको खेलका लागि छनौट भएका जिल्ला खेलकदु विकास समितिका प्रशिक्षक तथा म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । ।
त्यस्तै कबड्डीमा छात्रातर्फ ३ र छात्रतर्फ २ गरि ५ जना, तेक्वान्डोतर्फ २, एथेलेटिक्सतर्फ ३ र उशुतर्फ ३ जना खेलाडी राष्ट्रिय स्तरको राष्ट्रपति कपमा छनौट हुन सफल भएका छन ।
नवलपुरको कावासोती रङ्गशालामा शुक्रबारदेखि सुरु भएको प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगितामा म्याग्दीको सम्रग नतिजा सन्तोषजक देखिएको जिल्ला खेलकुद बिकास समिति म्याग्दीले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )