बेनी, माघ-१७, म्याग्दीको सदरमुकाम बेनी र आसपासका क्षेत्रमा बाल चोरहरुले हैरान पारेका छन । स-साना बालबालिकाहरु नगद, घडी, मोबाइल, साइकल लगायतका सामान चोर्ने गरेको पाइएको छ । यस्ता घटनामा बेनीबजार र पर्वतबेनीमा चोरीका घटनाका पीडित आउनेमा धेरै बालक नै संलग्न रहेको पाइएको प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताउनुभयो ।
बुधबार साँझ पनि बेनीको गणेश टोलमा एक घरमा चेनगेट खोलेर साइकल चोरी गर्दागर्दै दुइ बालक समातिएका छन् । चोरीमा संलग्न दुइ बालकलाई प्रहरीको जिम्मा लगाइएको गणेश टोलका नारायण खड्काले बताउनुभयो । प्रहरीमा रहेका बालकले आफ्नो समुहमा ८ देखि १५ बर्ष उमेर समुहका ७ जना रहेको बताउँदै आएको प्रहरीले जनाएको छ ।
केहि दिन अगाडी बेनीको खुल्लामञ्चमा म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा सम्पन्न प्रथम म्याग्दी भलिवल प्रतियोगितामा चोरी गर्दागर्दै दुई बालक समातिएका थिए । उनीहरुले बेनी नगरपालिका–९,गलेश्वर आर्दश माविका प्रधनाध्यापक खगेन्द्र जिसीको पर्स सहित १२ हजार चोरी गरेका थिए ।
म्याग्दीको सदरमुकाम बेनीबजार तथा आसपासका क्षेत्रमा बालबच्चाहरु चोरीको घटनामा संलग्नता भेटिएपछि प्रहरी र अभिभावक आजित बनेका छन् । बालबालिका भएकै कारण मुद्धा चलाउन नमिल्ने र सुधार केन्द्रमा पठाउन अभिभावकको समेत साथ चाहिने प्रनाउ कुँवरले बताउनुभयो । प्रहरीका अनुसार बालबालिकाहरु चोरी गर्न पल्कनुमा अरुले उक्साएर लगाएर नभई आफैँ संलग्न भएको उहाँले बताउनुभयो ।
प्रहरीले अभिभावकलाई जिम्मा लगाएर छोडेको भोलिपल्टै पुनःचोरी गरेको समेत भेटिएको छ । उनीहरुले ठूला पसलभन्दा स–साना पसल तथा ब्यक्तिको घर, सार्वजनिक स्थानमा चोरी गर्ने गरेको प्रहरीले जनाएको छ ।
पछिल्लो एकबर्षको अवधिमा घटेका अधिकांश चोरीका घटनामा ब्यक्तिको घर, पसलका ढोका फुटाएर चोरी भएका घटनामा संलग्नमध्ये ९ देखि १५ बर्षसम्मका बालबालिका बढी रहेका छन् ।
बारम्बार चोरीमा संलग्न बालबालिकाको आचरण सुधारसँगै पुनःस्थापनामा स्थानीय तहले सक्रियता बढाउनुपर्ने र अहिलेको अवस्थामा बालबालिका भएकै कारण उन्मुक्ति पाउने अवस्था छ तर खराब आचरणका त्यस्ता बालबालिकाका भविस्यमा पेसेबर भएर निस्कने जोखिम रहेको बालबालिकाको क्षेत्रमा कार्यरत जानकारहरु बताउँछन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )