जलजला न्युज/जनवरी-३०, विश्वकै धनी व्यक्ति एलन मस्कले आफ्नो कम्पनी न्युरालिङ्कले पहिलो पटक मानव मस्तिष्कमा चिप प्रत्यारोपण गरेको दाबी गर्नुभएको छ । मस्कले पहिलो पटक मानिसमा वायरलेस ब्रेन चिप सफल प्रत्यारोपण गरेको बताउनुभएको बीबीसीले जनाएको छ । चिप प्रत्यारोपण गरिएका व्यक्ति निको हुँदै गइरहेका मस्कले जानकारी दिनुभएको छ ।
यो चिपको सहायताले व्यक्तिले सोचेकै भरमा फोन, कम्प्युटर वा अन्य उपकरण नियन्त्रण गर्न सक्ने उहाँले बताउनुभएको छ । जटिल न्युरोलोजिकल (स्नायुसम्बन्धी) रोगहरूको सामना गर्न मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्न चाहेको कम्पनीले जनाएको छ ।
मस्कको कम्पनी न्युरालिङ्कलाई गएको वर्ष अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले मानवमाथि चिपको परीक्षण गर्न अनुमति दिएको थियो । कपालको रेसाभन्दा पनि पातलको यो चिप यसअघि रोबोटमा प्रयोग गरिएको थियो । कम्पनीले छ वर्ष लगाएर यो चिप बनाएको हो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )