पर्वत, माघ-३, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पर्वत आउनुहुने भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्वतले आयोजना गरेको जिल्ला सम्मेलनको उद्घाटन गर्न कांग्रेस सभापति देउवा पर्वत आउनलाग्नु भएको हो । कांग्रेसले आगामी माघ ८ गते पर्वतको कुश्मा बजारमा जिल्ला सम्मेलन गर्दैछ । जिल्ला उप सभापति डा. चूडामणी शर्माले जिल्ला पाटी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो ।
पत्रकार सम्मेलनमा जिल्ला उपसभापति डा. चुडामणी शर्माले सभापति देउवा सहित उक्त कार्यक्रममा केन्द्रिय सदस्य एवं पूर्व महामन्त्री डा. शंशाक कोईराला, केन्द्रीय सदस्य एवं प्रतिनिधीसभाका सदस्य डा. चन्द्र भण्डारी, केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहित केन्द्रिय नेता प्रदेशका नेताहरु समेत कार्यक्रममा सहभागि हुने जानकारी दिनुभयो । सम्मेलनको सबै तयारीहरु शुरु भएको बताउँदै उपसभापति डा. शर्माले यसका लागि १५ वटा विभिन्न समिति बनाएर काम गरिरहेको अवगत गराउनुभयो ।
सम्मेलन कुश्मा बजार स्थित लोकतान्त्रिक चोकमा आमसभाको रुपमा सञ्चालन गरि उद्घाटन गरिने भएको छ। उहाँका अनुसार सम्मेलनमा जिल्ला कार्यसमिति, नगर तथा गाउँ, प्रदेश तथा वडा स्तरका कार्यसमितिका पदाधिकारी, सदस्य, जनप्रतिनिधी, पार्टीका विभिन्न भातृ तथा शुभेच्छुक सहभागी हुने उपसभापति शर्माले जानकारी दिनुभयो । अर्का उपसभापति शिवप्रसाद सुबेदीले विभिन्न पार्टीमा देखिएको विकृति, यूवाहरुको निराशा, जनतामा रहेको विकासको आकंक्षा र काँग्रेस पार्टीमा देखिएका कमजोरी केलाउने अवसरको रुपमा जिल्ला सम्मेलन लाई उपयोग गरिने बताउनुभयो । उहाँले यो सम्मेलनले नेपाली काँग्रेस पर्वतलाई एकढिक्का बनाउने र बैचारिक रुपमा काँग्रेसको संगठन मजवुत बन्ने सुबेदीले विश्वास व्यक्त गर्नुभयो ।
पार्टी सचिव गुप्तनिधी शर्माले मुलभूत रुपमा जिल्ला सम्मेलनका पाँच वटा उद्धेश्य रहेको चर्चा गर्नुभयो । उहाँका अनुसार जिल्ला सम्मेलनको उद्घाटन पश्चात हुने बन्दसत्रमा जिल्ला सभापति यूवराज जोशीले राजनैतिक प्रतिबेदन, सचिव गुप्तनिधी शर्मा र अशोक उचै ठकुरीले सांगठनिक तथा प्रगति प्रतिबेदन र कोषाध्यक्ष हेम शर्मा पौडेलले आर्थिक प्रतिबेदन पेश गर्नुहुने भएको छ ।
नेपाली काँग्रेसका जिल्ला सचिव अशोक उचै ठकुरीले कार्यक्रमको सञ्चालन सहित पत्रकारहरु बाट आएका जिज्ञाशाको जवाफ दिनुभएको थियो । उहाँले सम्मेलनको खुल्ला सत्रमा नेपाली काँग्रेसका नेता कार्यकर्ता मात्रै नभएर अन्य पार्टीका प्रमुख एवं प्रतिनिधी, विभिन्न संस्थाका प्रतिनिधीहरु र प्रजातन्त्रमा विश्वास गर्ने सुभेच्छुकहरुलाई सहभागि हुन पत्रचार गरिएको ठकुरीले बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष सन्तोष थापा, पत्रकार लक्ष्मण सापकोटा, सचिव राजबाबु पिसी, नेपाल प्रेस यूनियनका जिल्ला उपाध्यक्ष रोशन तिवारी लगायतले जिल्ला सम्मेलनको तयारीका विषयमा सुझाव र प्रश्न राखुभएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )