जलजला, पुष-१९, पर्वतको जलजला गाउँपालिकामा गठन भएको जलजला अध्ययन प्रतिष्ठानको प्रथम अधिवेशन विहिवार पर्वत बेनीमा सम्पन्न भएको छ । अधिवेशनले नरबहादुर कार्कीलाई सर्वसम्मत रुपमा कार्यसमितिको अध्यक्षमा चयन गरेको छ ।
यसैगरी प्रतिष्ठानको उपाध्यक्षमा हिराबहादुर जिसी,सचिव दुर्गा दर्जी,सहसचिव जिवन मल्ल,कोषाध्यक्ष सुनिता बरुवाल जिसी,सदस्यहरुमा क्रमशः बेदनाथ आचार्य,माधव आचार्य,अम्बिका परियार र मनरुपा बि.क सर्वसम्मत रुपमाbouncing putty egg belletress caliente castelli vantaggio jersey custom baseball jerseys nfl gear shop completini intimi molto sexy yeezy grigie 350 adidas yeezy prezzo basso custom baseball jerseys adidas yeezy boost 350 v2 dazzling blue air max 95 sale cheap lace front wigs air jordan sale custom baseball jerseys jordan max aura 4 चयन भएको सचिव दर्जीले जानकारी दिनुभयो ।
अधिवेशनको उद्घाटन प्रतिष्ठानका ज्येष्ठ सदस्य रामबहादुर बि.कले गर्नुभएको थियो । उहाँले अध्ययन प्रतिष्ठानले बामपन्थी विचार,दर्शन र सिद्धान्तका वारेमा समाजमा जनचेतना जगाउनुपर्नेमा जोड दिनुभयो ।
अधिवेशनमा नेकपा एमाले पर्वतका जिल्ला सचिवालय सदस्य लोकनाथ रेग्मी, जिल्ला सल्लाहकार डिलबहादुर बरुवाल,जलजला गाउँपालिका २ नम्बर वडाका वडाध्यक्ष प्रकाश जिसी,३ का एकिन्द्र खत्री,४ का भरत जिसी लगायतले नेकपा विभाजन भएसँगै अध्ययन प्रतिष्ठानले उद्देश्य र लक्ष्य अनुसार काम गर्न नसकेको बताउनुभयो । नेकपा विभाजन भएपनि अध्ययन प्रतिष्ठानलाई दुवै पार्टीले कम्युनिष्ट विचार र सिद्धान्तको प्रचारप्रसार गर्न र समाजमा जागरण ल्याउन उपयोग गर्नुपर्ने उहाँहरुको जोड थियो ।
तत्कालिन समयमा वडा नमम्बर ४ स्थित माथिल्लो सेराफाँटमा पार्टीको भवन बनाउन थालिएको थियो । पार्टी विभाजन भएसँगै भवन अलपत्र परेको प्रतिष्ठानका अध्यक्ष कार्कीले बताउनुभयो । अधिवेशनबाट निर्वाचित नयाँ समितिले भवन निर्माणलाई पूर्णता दिने उहाँको भनाई थियो ।
तत्कालिन समयमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) एकता भएर गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा जलजलामा पार्टीको विचार,सिद्धान्त, र कार्यक्रमहरुलाई जनतामा प्रचार गर्ने र पार्टीको कार्यालयलाई व्यवस्थित गर्न २०७४ मा जलजला अध्ययन प्रतिष्ठान गठन गरिएको थियो । अहिले पनि प्रतिष्ठानमा दुवै पार्टी समर्थकहरु सदस्यका रुपमा रहेका छन् ।
प्रतिष्ठानका अध्यक्ष कार्कीको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा सदस्य हेमकुमारी अधिकारीको स्वागत र सचिव दर्जीले उद्घाटन कार्यक्रमको संचालन गर्नुभएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )