पर्वत, पुष -३, बागलुङमा झोलुङ्गे पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । नेपालकै लामो मानिने बागलुङको बाङ्गेचौर र पर्वतको पाङ जोड्ने गरि कालीगण्डकी नदिमाथि निर्माण भएको झोलुङ्गे पुलबाट खस्दा बागलुङ नगरपालिका–४ रातमाटाका २२ वर्षीय शेरबहादुर थापाका मृत्यु भएको हो ।
बुधबार साँझ ५ः४५ बजे पुलबाट एक्कासी कालीगण्डकी नदि किनारमा खस्दा थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपकबाबु केसीले जानकारी दिनुभयो । थापा पुलबाट १३८ मिटर तल कालीमा खसेको उहाँ बताउनुहुन्छ ।
खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली कालीगण्डकी किनारमा पुग्दा थापाको मृत्यु भइ सकेको प्रहरी निरीक्षक केसीको भनाइ छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )