पर्वत, पुष-४, पर्वतका सांसद पदम गिरि जनगुनासो सुन्न घरदैलो अभियानमा निस्कनु भएको छ । प्रतिनिधि सभामा दोस्रो कार्यकालका लागि निर्वाचित भएको एकवर्ष पछि आफ्नो निर्वाचन क्षेत्रका जनताको गुनासो सुन्न घरदैलो अभियानमा निस्किनुभएको हो । संसद संचालन नभएको मौका छोपेर बुधवारदेखि गिरी गाउँ अभियानमा निस्किनुभएको हो ।
उहाँले आफुले निर्वानका बेला गरेका प्रतिवद्धता के कति पुरा भए, के कति बाँकी छन् र जनताको आशा र अपेक्षा तथा आवश्यकता के छन् भन्ने बुझ्नका लागि निर्वाचन अघिकै जसरी घरदैलो अभियानमा निस्किएको बताउनुभयो ।
यो अभियान एक साता सम्म संचालन हुने गिरीले बताउनुभयो । पर्वत जिल्लाका विभिन्न गाउँ वस्तीहरुमा घरदैलो अभियान सहित जनगुनासो सुन्ने कार्यक्रम लिएर सांसद गिरी बुधवार देखि निस्किएको र जिल्लाका सवैजसो वडामा पुग्ने तयारी गरेको बताउनुभयो ।
एमाले जिल्ला उप सचिव बिमल लामिछानेका अनुसार गिरीले मोदी गाउँपालिकाका विभिन्न वस्तीहरुमा घरदैलो सकेपछि फलेवासका विभिन्न वडाहरुमा जनगुनासो सुन्ने कार्यक्रम लिएर जाने बताईएको छ । आर्थिक मन्दीका कारण विदेश पलायन बढिरहेको बेलामा विकास आयोजनाहरु ठप्प प्रायः बनेका छन् । गिरीले जनतासंग दोहोरो सम्बाद नगर्दा देशको वर्तमान अवस्थाको बारेमा जनतालाई थाहा नहुने भन्दै गाउँ वस्तीमै पुगेर जनतासँग भेटेने नियमित योजना बनाएको लामिछानेले बताउनुभयो ।
निर्वाचित भएपछि संसदका २ वटा अधिवेशनहरू सकिएका छन । संसद बैठकको यस अवधिभित्र संसदमा कानुन निर्माण, बिनियोजित बजेटको बारेमा छलफल, विकास निर्माणका मुद्दा उठान लगायत थुप्रै बिषयमा काम गरेको बताउँदै सांसद गिरीले अहिले संसदको बर्षे अधिवेशन सकिएको छ र केही समय सदन स्थगित भएको बेला मतदाताहरूको घरदैलोमा सांसद संग जनता भेटघाट कार्यक्रम लिएर हिडेको बताउनुभयो । आम निर्वाचन पछिको यो एक बर्षको बिचमा आफुले गरेका कार्यहरूको सम्बन्धमा प्रतिक्रिया, जनताका समस्य, गुनासो, विकास निर्माणका कार्यको अवस्था, अनुगमन र कानुन निर्माणमा सुझाव संकलन जस्ता थुप्रै बिषयमा जनतासँग छलफल हुने उहाँको भनाई छ । जिल्लाको जलजला गाउँपालिकाको बाँसखर्क देखि दक्षिणमा पर्ने पैंयु गाउँपालिकाको टकलाक सम्मनै पुग्ने गरि कार्यक्रम तय भएको उहाँको भनाई छ । पर्वत जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद एमालेका प्रमुख सचेतक समेत हुनुहुन्छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )