बेनी, पुष-२, म्याग्दीको बेनी स्थित न्यु वेष्ट पोइन्ट विद्यालयले ३१ औं वार्षिकोत्सव मनाएको छ । विद्यालय स्थापना भएको ३१ औं वर्ष पुगेको अवसरमा पुष १ गते एक कार्यक्रमको आयोजना गरी मनाएको हो । विद्यालयको प्रार्थना सभामा बिद्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघ लगायतको उपस्थितिमा केक काटेर कार्यक्रम गरिएको थियो।
हरेक वर्ष वार्षिकोत्सव र अभिभावक दिवस संगै मनाउदै आएको विद्यालयले यस वर्ष भने विद्यालय स्थापना दिवस र अभिभावक दिवस फरक फरक दिनमा मनाउने तय गरेको वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रा.ली.का अध्यक्ष यज्जनलाल शाक्यले बताउनुभयो। उहाँले स्थापना दिवस पुष १ गते भएकोले सोहि मिति मै र अभिभावक दिवस पुष ६ गते भब्य कार्यक्रमका बिच मनाउने कार्यक्रम रहेको बताउनुभयो यसो गर्दा कार्यक्रम प्रभावकारी हुने समेत बताउनुभयो ।
वार्षिकोत्सवको अवसरमा प्रार्थना सभामा चौथो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितामा सहभागी भइ पदक प्राप्त गर्ने खेलाडी विद्यार्थीहरुलाइ नगद सहित सम्मान गरिएको थियो त्यसैगरी कक्षा ११ र १२ का विद्यार्थीहरुलाई समेत वार्षिक रुपमा प्रदान गरीने पुरस्कार समेत प्रदान गरिएको थियो कार्यक्रममा विद्यालयमा संचालित प्रतिभा पहिचान कार्यक्रमको फाइनल प्रतियोगिता समेत सम्पन्न गरिएको थियो ।
फाउन्डेसनाका अध्यक्ष यज्जन लाल शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक निर्देशकहरु सुदर्शन कुमार श्रेष्ठ, सुबास कुमार श्रेष्ठ, तुलसी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो कार्यक्रमको स्वागत प्रिन्सिपल डीबी दाहाल र संचालन भाइस प्रिन्सिपल सरोज लाकान्द्रिले गर्नु भएको थियो । विद्यालयले पुष ६ गते शुक्रबार गर्ने अभिभावक दिवसको अवसरमा अभिभावकहरुबीच अन्तरक्रिया र खेलकुद कार्यक्रम समेत संचालन गरेको छ ।
न्यु वेष्ट पोइन्ट विद्यालय वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रा.ली. अन्तर्गत संचालित छ । फाउन्डेसनले बेनीको क्याम्पस चोकमा वेष्ट पोइन्ट मंटेसरी र बिरौटामा कक्षा नर्सरी देखि बिबिएस सम्मका कक्षा संचालन गर्दै आइरहेको छ । २२ रोपनी क्षेत्रफलमा संचालित विद्यालय पर्याप्त भौतिक पूर्वाधार सहित संचालित छ । अहिले विद्यालयमा मंटेसरी देखि बिबिएस सम्म १५ सय विद्यार्थीहरु रहेका छन् भने ११५ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन् ।
कक्षा ११/१२ मा ब्यबस्थापन समुहका विषयहरु पढाइरहेको विद्यालयले होटेल म्यानेजमेन्ट र बिज्ञान समुहका विषय समेत संचालन गर्ने तयारी रहेको बताएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )