म्याग्दी, मंसिर-२८, म्याग्दीको बेनीमा बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ ।आज (बिहिबार) बिहान १० बजे बाजागाजा सहित विद्यालयका खेलाडी विद्यार्थीहरु, जनप्रतिनिधि, कार्यालय प्रमुख लगायतको सहभागीतामा प्रभात फेरीसंगै खुल्ला मन्चमा पुगेर कार्यक्रमको उद्घाटन भएको हो । राष्ट्रपति कपमा मार्शल आर्ट तर्फका प्रतियोगिता भने २६ गते देखि नै कबर्ड हलमा सम्पन्न ह्बैसकेका छन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, मार्सलआर्ट, एथलेटिक्स र कबड्डी विद्यामा विद्यार्थीहरुबिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले खेलकुदले विद्यार्थीहरुमा प्रतिस्पर्धी क्षमताको विकास गराउनुको साथै लुकेर रहेको खेल प्रतिभाको पहिचान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बेनीको खुलामञ्चलाई स्तरीय रंगशालाको रुपमा विकास गर्न तीन तहकै सरकारबिचमा सहकार्य गरि प्राथमिकतामा राख्न आफ्नोतर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा संविधासभा सदस्य नवराज शर्मा र गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले हरेक बर्ष आयोजना हुने विद्यालय स्तरका प्रतियोगिताहरुले खेलाडीहरुको प्रतिभा पहिचान गरि क्षेत्रिय र राष्ट्रिय स्तरमा पुर्याउन सहयोगी भूमिका खेलेकोमा जोड दिनुभयो । त्यसैगरी नगरपालिकाका मेयर सुरत केसीले तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितालाई व्यवस्थित बनाउन आबश्यक तयारीका साथ खेलकुद प्रतियोगिता सञ्चालन हुने जानकारी दिनुभयो । नगरपालिकाका उपमेयर ज्योति लामिछानेले खेलकुद गतिविधिमा विद्यालयहरुले छात्र र छात्राहरुलाई समान अवसर दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले यस प्रतियोगितामा उतकृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश र संघमा पुर्याउन जिल्ला खेलकुद विकास समितिले तयारी थालेको बताउनुभयो ।
प्रतियोगितामा बिजेतालाई नगद रु ५१ हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिने नगरपालिकाका सामाजिक विकास समितिका संयोजक एवम् प्रतियोगिताका संयोजक चक्र केसीले जानकारी दिनभयो । विद्यालय तहमा रहेका खेल प्रतिभाको पहिचान र प्रवर्धन गर्न आयोजित प्रतियोगितामा बेनी नगरपालिकाभित्रका २५ विद्यालयले सहभागीता जनाएका छन् ।
प्रतियोगितामा दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमश : नगद रु ४० हजार र ३० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धार पुरस्कृत गरिनेछ । प्रतियोगितामा समावेश छात्र भबिलल खेलमा १० र छात्रा भलिबल खेलमा ४ विद्यालयले सहभागीता जनाएका छन् ।
नगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा एथलेटिक्स तर्फको एक हजार पाँच मिटर दौडको छात्र र छात्रा दुवैतर्फ प्रकाश माविका सहभागि विद्यार्थीले स्वर्ण जितेको छन् । त्यसैगरी ४ विद्यालय सहभागी छात्रा भलिबलमा प्रकाश माविले सरस्वति मावि तातोपानी र बेनी सामुदायिक माविले न्यु वेष्ट पोइन्टलाइ जितेर फाईनलमा पुगेका छन् १० विद्यालय सहभागी छात्र भलिबल तर्फ प्रकाश माविले जनकल्याण मावि पुलाचौरलाई जितेर दोश्रो चरणमा प्रवेश गरेको छ । कबड्डी तर्फका खेलहरु कालिपुल स्थित कबर्धलामा संचालन भैरहेका छन् ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )