म्याग्दी, मंसिर-२५, बेनीको प्रकाश माविमा दिवंगत पिताको सम्झनामा विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ । म्याग्दी सदरमुकाम बेनी घर भई हाल काठमाडौं निवासी समाजसेवी गोपालनारायण भट्टचनले दिवंगत पिता तेजनारायण भट्टचनको सम्झनामा बेनी नगरपालिका–७,स्थित प्रकाश माविमा सोमबार तीन लाख रुपैयाँको ‘‘तेजनारायण घट्टचन छात्रवृत्ति अक्षयकोष २०८०’’स्थापना गर्नुभएको हो ।
दिवंगत तेजनारायण प्रकाश मावि व्यवस्थापन समितिका संस्थापक अध्यक्ष हुनुहुन्छ । विद्यालयमा आयोजित एक कार्यक्रममा भट्टचन र श्रीमति चन्द्रकुमारी भट्टचनले विद्यालय व्यवस्थापन समितिका सल्लाहकार हरिकुमार श्रेष्ठ लगायतकाे उपस्थितीमा तीन लाख रूपैयाँकाे चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । विद्यालय र अक्षयकोषदाता भट्टचन विच भएको सम्झौतापत्र अनुसार अक्षयकोषबाट प्राप्त वार्षिक व्याजको ७० प्रतिशत रकम कक्षा १–८, ९–१२ र सर्वोत्कृष्ट दुई/दुई जना गरी ६ जना विद्यार्थीलाई छात्रवृत्ति विततरण गरिने र बाँकी ३० प्रतिशत रकम अक्षयकोषमा नै जम्मा गरिने विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमालले जानकारी दिनुभयो ।
विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा सहयोग पु¥याउने उद्धेश्यले अक्षयकोष स्थापना गरिएको भट्टचनले बताउनुभयो । ९४ वर्षिय समाजसेवी भट्टचन म्याग्दीको पहिलो क्याम्पस म्याग्दी बहुमुखी क्याम्पस स्थापना गर्ने संस्थापक, प्रकाश माध्यमिक विद्यालय व्यवस्थापन समितिका पुर्व कोषाध्यक्ष, म्याग्दी पुस्तकालयका पुर्व अध्यक्ष हुनुहुन्छ ।
गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवि शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले भट्टचन परिवारले म्याग्दीको शैक्षिक क्षेत्रको विकासका लागि पु¥याएको योगदानको चर्चा गर्दै सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रमको विद्यालयका शिक्षक विनय श्रेष्ठले सञ्चालन र प्रअ हमालले स्वागतमा ब्यक्त गर्नु भएको थियो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )