पर्वत, मंसिर-२२, नेकपा एमालेका अध्यक्ष केपी ओलीले वर्तमान सरकारका कारण देश असफल राष्ट्र हुने खतरामा परेको बताउनुभएको छ । विहिवार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजीत जनसभालाई सम्बोधन गर्दै ओलीले सरकारका कारण देश अव असफल राष्ट्र हुने दिसामा अघि बढेको बताउनुभएको । सरकारले आर्थिक अवस्था विग्रदै जाँदा पनि त्यसको रोकथाममा कुनै पहल नगरेको ओलीले आरोप लगाउनुभयो ।
ओलीले भन्नुभयो ‘सरकारले तलब खुवाउन पनि ऋण मागिरहेको छ ।’ देशमा विकास आयोजनाहरु बन्द भएको उल्लेख ओलीले सामान्य प्रशासनीय खर्च धान्न नसक्ने गरी देशलाई वर्तमान गठबन्धन सरकारले देशलाई टाट पल्टाएको दावी गर्नुभयो । ओलीले सरकार गलत बाटोमा हिडिरहेको भन्दै आलोचना गर्दै आफ्नो पालामा शुरु भएका सवै विकास निर्माणका कामहरु अहिले बन्द भएको समेत बताउनुभयो ।
मध्यपहाडी लोकमार्गमा सम्बृद्धिका लागि संकल्प यात्रा शुरु गरेको एमालेले आठौं दिन कुश्मामा जनसभा सम्पन्न गरेको हो । जनसभामा एमालेको केन्द्रिय पदाधिकारीहरुको सहभागीता रहेको थियो । एमालेले जनसभा अघि झाकी सहित कुश्मा बजारका विभिन्न ठाउँबाट रयाली निकालेको थियो ।
एमाले केन्द्रिय सदस्य पदम गिरीले पर्वत जिल्लामा आवश्यक विकास आयोजनाहरुको बिषयमा ओली लगाएतका नेताहरुलाई जानकारी गराउनुभएको थियो । पर्वत जिल्ला सचिव गोविन्द पहाडीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता राजु पौडेलले गर्नुभएको थियो । पर्वत न्युज बाट
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )