म्याग्दी, मंसिर-२१, तत्कालीन विद्रोही नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमणमा छियाछिया भएको बिजुलीको पोल बिहिबार साँझ बेनी ल्याइने भएको छ। मदन पुस्तकालय गुठीको हाताभित्र रहेको यालमाया केन्द्रले बेनी नगरपालिकालाई फिर्ता दिएपछि सोपोल पुन: बेनी मै आउने भएको हो । तत्कालीन नेकपा माओवादी र शाही नेपाली सेनाको भिडन्तका बेला गोली लागेर छिया छिया भएको बिजुलीको पोल म्याग्दी नै फिर्ता गरिने भएको हो । २०६० सालमा माओवादी र सेनाबीच दोहोरो भिडन्त भएको थियो। उक्त पोल मदन पुरस्कार पुस्तकालयले २०६३ सालमा ललितपुर लागेको थियो ।
२०६० साल चैत ७ गते बेनी बजारमा माओवादीले आक्रमण गर्दा धेरै क्षति भएको वडा नम्बर ७ मा १० रोपनी क्षेत्रमा शान्ति पार्क बनाउने र सो पार्कमा पोल सुरक्षित राख्ने निर्णय भएपछि पुस्तकालयले पोल बेनी नै फिर्ता गर्न लागेको हो।
पाटनढोकामा रहेको यलमाया केन्द्रमा पोल राखिएको थियो। शान्ति प्रक्रिया सुरू भएपछि पोललाई म्याग्दीको बेनीमा नै फिर्ता पठाउन म्यग्दीबासिले माग गरिरहेका थिए। मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले बेनी नगरपालिका वडा नम्बर ७ मा बन्न लागेको शान्ति पार्कमा राख्न पोल पठाउन लागिएको बताए। ‘गोली लागेर छिया छिया भएको बिजुली पोल सुरक्षित रूपमा राख्ने गरी बेनी पठाउन लागेको हो,’ उहाँले भन्नु भयो ।
उक्त पोल शान्ति पार्कमा सुरक्षित र प्रदर्शनका लागि राख्नसमेत दीक्षितले आग्रह गर्नु भएको छ । यसबारे उनले जिल्ला समन्वय समिति म्याग्दीलाई लेखेको पत्रमा ‘सशस्त्र द्वन्दले पारेको असरको सम्झनासँगै शान्तिको कामना गर्ने र सचेतना जगाउने उदेश्यका लागि’ पोल सुरक्षित राख्न भनिएको छ।
उहाँले पोल पाटनढोका परिसरबाट बेनी बजार लैजाने व्यवस्था मिलाउन पनि पत्रमा आग्रह गर्नु भएको थियो । म्याग्दीका राजनीतिक दल, अधिकारकर्मीहरू र नागरिक अगुवाले मदन पुरस्कार पुस्तकालयका प्रतिनिधिलाई बारम्बार भेटेर पोल फिर्ता गरिदिन आग्रह गर्दै आएका थिए।
बेनी नगरपालिकाका मेयर सुरत केसीले गोली लागेर छिया छिया भएको पोल बेनीमै फिर्ता ल्याउने निर्णय गरेका थिगर्एनु भएको थियो । ०७९ वैशाखमा मेयर जितेपछि उहाँले पोल बेनी फिर्ता ल्याउने पहिलो निर्णयमा हस्ताक्षरगर्नु भएको थियो । मेयर केसीले बिहीबार साँझसम्म पोल बेनी बजार पुर्याइने बताए।
‘लामो पहलपछि म्याग्दीको पोल फिर्ता पाउने भएका छौं। यो पोललाई शान्ति पार्कमा राखेर आन्तरिक पर्यटन प्रबर्द्धन गर्नेछौं,’ उहाँले भन्नु भयो । बेनी आक्रमणका बेला राज्य र माओवादीका सेनाबीच लगातार १२ घण्टासम्म भिडन्त भएको थियो। सोही भिडन्तमा बिजुलीको पोलमा गोली लागेर छिया छिया परेको थियो।
भिडन्तमा एक सय जनाभन्दा बढी माओवादी, ५० जनाभन्दा बढी राज्यका सुरक्षाकर्मी तथा १९ जना सर्वसाधरणको मृत्यु भएको थियो। सेतो पाटीको सहयोगमा
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )