जलजला, मंसिर-९, जलजला गाउँपालिको मावि स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी विद्याज्योती मा. वि.ले जितेको छ । मल्लाज माझफाँट स्थित विद्याज्योती माविको प्रांगणमा शनिबार सम्पन्न प्रतियोगितामा १४ स्वर्ण, ९ रजत र २ कास्य पदक सहित विद्याज्योती च्याम्पियन भएको हो । ११ स्वर्ण, ३ रजत र ६ वटा कास्य सहित २० वटा पदक जितेको जनकल्याण मा. वि. नाग्लीवाङ उपबिजेता बनेको छ ।
त्यसैगरी दुई स्वर्ण, तीन रजत र एक कास्य सहित ६ वटा पदक जितेको सालिजा मावि तेस्रो, दुई स्वर्ण र दुई कास्य पदक जितेको ग्रामप्रकाश मावि लेकफाँट चौथो भएका छन् । गत वर्षको बिजेता न्यू होराईजन मा. वि. वारीबेनी चार रजत र पाँच कास्य सहित ९ वटा पदकमा सिमित भयो ।
प्रतियोगितामा लुद्दी आधारभूतले एक स्वर्ण, एक कास्य, बनौ माविले एक रजत, कृष्ण भवन धर्म माविले एक/एक वटा रजत र कास्य, शिव माविले तीन तीन वटा रजत र कास्य पदक जितेको छ । फर्से धाइरिङ माविले एक रजत र दुई कास्य, ज्योती माविले एक कास्य, ज्योतीमण्डल माविले एक रजत, फट्केढुंगा आधारभूतले एक रजत र अमृत आदर्श माविले चार रजत र एक कास्य सहित पाँच वटा पदक जितेको छ ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १५ वटा विद्यालयले सहभागिता जनाएकामा शान्ति आधारभूत विद्यालय पदक बिहिन बनेको छ । एथलेटिक्स, कवड्डी र भलिबल बिधामा तीन सय जना भन्दा बढी विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका गाउँपालिकाको शिक्षा अधिकृत त्रिबिक्रम आचार्यले जानकारी दिनुभयो । प्रत्येक इभेन्ट, बिधागत र समग्रमा प्रथम, दृतीय र तृतीय हुने विद्यार्थी तथा विद्यालयलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको छ ।
भलिबलमा प्रथम, दृतीय र तृतीय हुनेलाई क्रमश रु. छ हजार, चार हजार पाँच सय र तीन हजार, कवड्डीमा प्रथम, दृतीय र तृतीय हुनेले चार हजार पाँच सय, तीन हजार र एक हजार पाँच सय र एथलेटिक्स बिधाका खेलमा प्रथम हुने खेलाडीले व्यक्तिगत रु. एक हजार दुई सय देखि दुई हजार रुपैयासम्म पुरस्कार पाएका छन् ।
जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य लगायत जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्य लगायतले
पुरस्कार वितरण गर्नुभएको थियो। उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरीय प्रतियोगितामा सहभागि गराइने गाउँपालिकाले जनाएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )