म्याग्दी, कार्तिक-२६, म्याग्दीका कलाकार फौद बहदुर कटुवालको नयाँ गीत सार्वजनिक भएकोछ । जुन दिन पाईला राखुमा टेक्छौ, अन्नपूर्ण हिमालको शिर देख्छौ,,,, आउ है राखु कोतमा,,, भिडियो गित सार्वजनिक भएको हो । शब्द सर्जक तथा गायक फौद कटुवाल विन्दाशले (जन्मगाउँ) रघुगंगा गाउँपालिका– २ राखु भगवतीलाई चिनाउने भिडियो गित सार्वजनिक गर्नुभएको हो ।
धौलागिरी आईसफल पदमार्गमा पर्ने, नीलगिरी र अन्नपूर्ण हिमालको काखँमा देखिने राखु भगवती गाउँको दृष्य छायाँकान गरि निर्माण गरिएको गितलाई फौद केसी यूट्युव च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको छ ।
उक्त गितको शब्द र स्वरमा फौद कटुवालसंगै लक्ष्मी मल्लले साथ दिनुभएको छ । गितमा गायक एवम् संगितकार बसन्त थापाले संगित भर्नुभएको छ। मोडल युश भट्टराई, गायक एवम् शब्द संकलन कटुवाल र दर्शन केसी लगायतको अभिनय रहेको भिडियो गितको निर्देशन भुपेन बानियाँले गर्नुभएको छ।
गितमा राखु गाउँको एतिहासिक धार्मिकस्थल भगवती कोत मन्दिर र पछिल्लो समय पर्यटकीयस्थलमा विकसित भएको धौलागिरी आईसफल पदमार्गमा पर्ने रुईसे भेडिओढारलाई समेटिएर भिडियो निर्माण गरिएको छ।
अहिले उक्त गीत यु ट्युबमा निकै धेरै पटक हेरिएको छ । यस गित रेकर्ड गर्नका लागि विदेशमा रहेको राखुका दाजुभाईले र देउँसी भैलोमार्फत सहयोग जुटेको कटुवालले बताउनुभयो ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )