बेनी, कार्तिक-३, म्याग्दीको बेनी नगरपालिका–७, ले आर्थिक अभावका कारण दशैं मनाउन समस्यामा परेका वडाभित्रका बिपन्न, एकल महिला तथा असक्त र अपाङगलाई खाद्यान्न तथा नगद वितरण गरेको छ । अति विपन्नलाई छनौट गरी २० घरपरिवालाई शुक्रबार वडा कार्यालयमा एक कार्यक्रमका बिच प्रति घरपरिवार एक बोरा चामल, २ किलो दाल,२ किलो चिनी, ३ लिटर तेल लगायत भान्सामा प्रयोगहुने मरमसला र नगद १ हजार वितरण गरिएको छ। चाडपर्वमा विपन्न र दैनिक छाक टार्न धौधौ भएकाहरुलाई खाद्यान्न साम्रागी उपलब्ध गराइएको वडा अध्यक्ष एवम् बेनी नगरपालिकाका प्रबक्ता रमेशकुमार श्रेष्ठले बताउनुभयो । ‘दशैंमा चुह्लो नबल्ने परिवारलाई सहयोग गरेका छौ,‘ दशैंमा भात नै खान मुस्किल हुने अवस्था रहने कति दुःखद छ‘ वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
दशैंमा चुह्लो नबल्ने थप परिवार भेटिएका समेत सहयोग गर्ने वडा अध्यक्ष श्रेष्ठको भनाई छ । वडाले चाडपर्व बाहेक विपन्नलाई निशुल्क स्वास्थ्य विमा, अन्य समयमा समेत विभिन्न सहयोग गर्ने गदैं आइरहेको छ । ऋणै गरेर भए पनि मीठो मसिनो खाने चाड दशैं भएपनि आर्थिक अभावका कारण समस्या परेको बेलामा वडा कार्यालयले दिएको खाद्यान्न सहयोगलेराहत मिलेको ६१ बर्षिय सम्मरबहादुर किसानले बताउनुभयो । उहाँले ज्यालामजदुरी गर्ने बेलासम्म घर खर्च चलाउन केही सहज भएपनि अहिले बिरामी भएपछि विहानबेलुकी हातमुख जोड्न समेत समस्या भएको बताउनुभयो ।
दैनिक जीवन निर्वाह कष्टकर बन्दै गएको बेलामा दशैंको मुखमै खाद्यान्न पाएपछि विपन्न परिवारका सदस्यले वडा कार्यालयलाई धन्यवाद दिदैं खुसी ब्यक्त गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा वडा सदस्य विश्वास श्रेष्ठ, रमेश फगामी र वडा सचिव यामबहादुर थापा मगरको उपस्थिती रहेको थियो । वडा कार्यालयमा रहेको कपडा बैंकमार्फत समेत आवश्यक लत्ता कपडा वितरण भइरहेको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )