बेनी, कार्तिक-३, म्याग्दीको बेनी नगरपालिकाले महान पर्व दशैंकोअवसरामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। नगरपालिकाको कार्यालय परिसरमा शुक्रबार विजयादशमी, शुभदिपावली र छठ पर्व, नेपाल सम्वत् ११४४ र ल्होसार पर्व जस्ता महान चाडको अवसरमा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका पदाधिकारी लगायतको उपस्थितमा शुख, शान्ति र एकताको शुभकामना आदानप्रदान गरेको हो ।
नगरप्रमुख सुरत केसीको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभाका सदस्यद्वाय गोविन्द पौडेल र रेशम बानियाँ र गण्डकी प्रदेशसभा सदस्य हरी भण्डारीले विजयदशमी, शुभदिपावली र छठ पर्वको अवसरमा सुख, शान्ति, एकताको शुभकामना प्रदान गर्दै नगरको विकासमा जिल्लाका राजनीतिक दल, पूर्व जनप्रतिनिधि र सरोकारवालाहरुसंग समन्वय गरेर गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा जिसस प्रमुख राजकुमार थापा, नगरउपप्रमुख ज्योती लामिछाने, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, गैरसरकारी संस्थाका अध्यक्ष दिपक पौडेलले शुभकामना मन्तव्य राख्दै हुने खानेभन्दा पनि हुदाँ खाने जनतालाई लक्षित गरेर काम गर्न जिल्लामा सबै एकवद्ध भएर लाग्नुपर्नेमा जोडदिनुभएको थियो ।
प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमकाको संचालन प्रशासकीय अधिकृत युवराज थापाले गर्नुभएको थियो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको उपस्थित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको थियो।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )